Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बासबारीमा पञ्चकन्या भगवती मन्दिर शिलन्यास

  • उपहार न्युज
  • मंगलबार, माघ १३ २०७७
बासबारीमा पञ्चकन्या भगवती मन्दिर शिलन्यास

उपाहार न्यूज
उदयपुर माघ १३
त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बासबारीमा पञ्चकन्या भगवतीको मन्दिर शिलन्यास गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य हिमाल कार्कीको विशेष उपस्तिथीमा मन्दिर शिलन्यास गरिएको हो ।
स्थानियको अग्रसरतामा निर्माण हुन लागेको मन्दिर निर्माणको लागि कुल ९ लाख रुपैया लागत पर्ने मन्दिर निर्माणको लागि त्रियुगा नगरपालिका जनता संग उपमेयर कार्यक्रमबाट एक लाख, त्रियुगा नगरपालिका वडा नम्बर १० बाट एक लाख यस अघिनै सहयोग गरिने भए पछि मन्दिर निर्माण सुरु भएको हो ।
मन्दिर शिलन्यास कार्यक्रममा प्रदेश सभा सदस्य हिमाल कार्की, नेपाली कांग्रेसका नेताहरु बसन्तकुमार बस्नेत, सरोजकुमार बस्नेत त्रिनपा १० का वडाध्यक्ष प्रकास कुमार खड्का, ९ का वडाध्यक्ष धन बहादुर दनुवार लगायत जनप्रतिनिधि, स्थानिय नागरिक, समाजेसवी लगायतको उपस्तीथि रहेको थियो ।

कार्यक्रममा मन्दिर निर्माणको लागि सहयोग गर्ने सहभागी अतिथिहरुले बचत बद्धता प्रदान गरेका थिए, कार्यक्रमकै दिन विभिन्न दाताहरुले मन्दिर निर्माणको लागि भन्दै एकै दिनमा चार लाख नब्बे हजार रुपैया संकलन भएको मन्दिर निर्माण समितिका सदस्य समाजसेवी कल्याण विक्रम बोहोराले जानकारी दिनु भयो । मन्दिर निर्माण गरिने स्थानमा पञ्चकन्या देवि रहेको र मन्दिर निर्माण गर्न स्थानिय अग्रसर भए पछि निर्माण कार्य सुरु गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष पदम लम्सालले जानकारी दिनु भयो । कार्यक्रममा मन्दिर निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरु राजाबाबु राई र लक्ष्मी खड्कालाई सम्मान गरिएको थियो ।

Last updated:2021 Jan 26 Tuesday 11:56:46

प्रतिक्रिया
सम्बन्धित समाचार