उपाहार न्यूज
उदयपुर पौष २५
यता नेकपा माधव प्रचण्ड समुहले गाईघाट स्थित सिटिहलमा पार्टीको जनवर्गीय संगठनको भेला सम्पन्न गरेको छ । नेकपा केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव सुरेशकुमार राईको प्रमुख आतिथ्यतामा आयोजित भेलामा विशेषत वर्तमान सरकारको असंबैधानिक कदमको विरुद्धमा एक भएर लाग्नु पर्नेमा जोड दिईएको छ । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य जग्गनाथ खतिवडा, नेकपा उदयपुर इन्चार्ज बलदेव चौधरी, संविधान सभा सदस्यहरु मणी खम्बु, मोहन खत्री लगायतका नेताहरुले कार्यक्रमलाई संवोधन गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता संगै जनवर्गीय संगठनका प्रतिनिधिहरु भेला भएका थिए ।