Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर जेसिज अध्यक्षमा सबु थापा निर्वाचित

  • उपहार न्युज
  • शनिबार, पुष ११ २०७७
उदयपुर जेसिज अध्यक्षमा सबु थापा निर्वाचित

उपाहार न्यूज
उदयपुर पौष ११
उदयपुर जेसिजको १० औ साधरण सभा तथा शाखा अधिवेशनबाट जेसिज बर्ष २०२१ को लागि सर्मिला थापा सबु अध्यक्ष पदमा निर्वाचित भएकि छिन् । गाईघाट स्थित होटल टाउन हलमा आयोजित साधरण सभा तथा अधिवेशनको बन्दशत्रले थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा सर्वसहमती हुन नसके पछि निर्वाचन मार्फत अध्यक्ष पदमा निर्वाचन भएको थियो, अध्यक्ष पदका प्रत्यासी अनुप ढुंगानालाई मत परिणाममा पछि पार्दै थापाले अध्यक्षमा बाजी मारेकी हुन् । कुल ३६ जना सदस्य रहेको उदयपुर शाखामा ३१ जनाले मतदान गरेका थिए जस मध्य अध्यक्ष पदमा थापाले १९ मत प्राप्त गर्दा ढुंगानाले ११ मत प्राप्त गरेका थिए बाकी १ मत भने बदर भएको निर्वाचन समितिका संयोजक अर्पणा पराजुलीले बताउनु भयो । यस संगै थापा उदयपुर जेसिसका लागि दोस्रो महिला अध्यक्ष समेत बन्न पुगेकी छिन्, यता बर्ष २०२१ को.लागि दुई कार्यकारी उपाध्यक्ष र चार उपाध्यक्ष पदमा भने सर्वसहमत चयन भएका छन्, कार्यकारी उपाध्यक्षमा संगीता घिमिरे र इश्वरमान राई निर्वाचित भएका छन्, त्यसैगरी उपाध्यक्ष पदमा वादल खतिवडा, तिङकी ज्वाला चौधरी, पवन राउत र सुरज साह निर्वाचित भएको छन् । जेसिजको बाकी महासचिव लगायतका पदहरु भने अध्यक्ष बाट मनोनित हुने र पदस्थापन कार्यक्रममा सम्पूर्ण निर्वाचित तथा मनोनित समितिले पदभार ग्रहण गर्ने जेसिस उदयपुरका बर्ष २०२० का अध्यक्ष ललित नायकले बताउनु भयो । उदयपुर जेसिसका संस्थापक अध्यक्ष मदनराज कटुवालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै कटुवालले विगतमा सिमित सदस्यबाट सुरु भएको उदयपुर जेसिस १० औ बर्ष सम्म आईपुग्दा सबै युवाहरुको मन मनमा बस्न सफल भएको प्रति खुसी व्यक्त गर्नु भयो । उहाँले सम्पूर्ण युवाहरुलाई समेटेर जेसिस अभियानलाई सार्थक बनाउनका लागि लाग्न सम्पूर्ण जेसिस सदस्यहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा जेसिसका पूर्व अध्यक्षहरु सन्तोष गुप्ता, रुपम गुप्ता, ध्रुब पोख्रेल, एकराज बस्नेत, कोषराज दाहाल, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष तथा जेसिस पूर्व कार्यकारी उपाध्यक्ष विश्वराज तामाङ लगायतले कार्यक्रमको उद्घाटन शत्रमा शुभकामना मनतव्य राखेका थिए । यसै विच उदयपुर जेसिसले आगामी बर्ष २०२२ का लागि उदयपुरबाट बर्ष २०२० का अध्यक्ष ललित नायकलाई राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने घोषणा समेत गरेको छ ।

Last updated:2020 Dec 26 Saturday 15:31:46

प्रतिक्रिया
सम्बन्धित समाचार