Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पढाई खर्च जुटाउन सेवाग्राहीको घरमै गएर कपाल काट्छन् लालबहादुर

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक ६ २०७७
पढाई खर्च जुटाउन सेवाग्राहीको घरमै गएर कपाल काट्छन् लालबहादुर

शंकर रिखाम मगर-
मुर्कुची, कात्तिक ६ । नेपाली समाजमा एउटा उखान छ । ‘जहाँ इच्छा त्यहा उपाय’ यही उखानलाई शिद्ध गर्न गाउँ गाउँमा कपाल काट्ने पेशा चलाउदै आएका छन् यहाँका एक युवक । उदयपुरको रौतामाई गाउँपालिका ७ पुवारेका १९ वर्षीय लालबहादुर बिसुङ्खे अहिले आफ्नो पढाई खर्च जुटाउन गाउँमा ‘मोवाईल शैलुन’ अर्थात कपाल काट्न मिल्ने सबै सामानहरु बोकेर गाउँ चाहर्ने गरेका छन् ।

आफूलाई पढ्ने चाहने भएपनि पारिवारिक आर्थिक अवस्था कमजोरीका कारण भइरहेको असहजतालाई मलमपट्टी गर्न उनी घरघरै गएर कपाल काट्ने गरेका छन् । कपाल काट्ने काममा दक्ष बिसुङ्खेले बजारको शैलुनभन्दा निकै सस्तो मूल्यमा केश काट्ने भएकाले उनको सेवाप्रति गाउँले पनि आकर्षित हुन थालेको उनका बाबु गणेश बिसुङ्खेको भनाई छ ।

रौतामाईकको मुर्कुचीस्थित श्रीउच्च मावि कक्षा ११ पढ्दै गरेका लालबहादुर सानो उमेरमा गाउँका साथीहरुको कपाल काट्दा काट्दै अहिले हौसिएर सोही पेशालाई व्यवसायिक रुपमा शुरु गरेको बताउछन् । विद्यालय समयमा पढ्ने र छुट्टीको समय फर्किएर गाउँ पुगेपछि ग्राहकको घरमै पुगेर कपाल काट्ने उनको अहिले दैनिकी जस्तै बनेको छ । फुर्सद मिल्यो कि ’अर्डरको कपाल काट्न’ दौडीहाल्ने बिसुङ्खे हिजोआज दैनिक १० देखि २० जनासम्मलाई सेवा दिने गरेका छन् ।

उनको रेट पनि बजारभन्दा सस्तो छ । अहिले ‘नाई संघले तयार पारेको रेट प्रतिव्यक्ति साधारण कपाल मात्र काटेको एक सय रुपैयाँ हो । तर, लालबहादुरले मात्र ७० रुपैयाँ लिने गरेका छन् । त्यस्तै साना बच्चाहरुका लागि भने अझै थोरै अर्थात बजारको मूल्यभन्दा आधा ५० रुपैयाँ मात्र लिने गरेका छन् । उनको कामबाट गाउँलेहरुमा पनि सकारात्मक प्रभाव परेको छ । घर गाउँमा कसैको कपाल लामो भयो कि उनै लालबहादुरलाई सम्झन थालेका छन् । यसै पेशाबाट आत्मनिर्भर बन्दै गएका उनले आफ्नो पढाइ खर्च आफै धान्दै आएका छन् । यतिमात्र हैन उनले केही रकम बैंकमा बचतसमेत गर्न थालेको बताउछन् ।

घरमा बाबु आमाको खर्चभार घटाउन पनि आफ्नो पेशाले सहयोग पुगेको उनको भनाई छ । लालबहादुर रौतामाइ गाउँपालिका र त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाको बिभिन्न गाउँमा पुगेर कपाल काट्ने सेवा दिदै आएका छन् । मुर्कुची वजारस्थित शैलुनमा जाँदा कपाल काटेको एक सय २० रुपैयाँसम्म तिर्नु पर्ने हटेको त्रिनपा १६ मल्वेरी सेकेण्डरी इङ्लीस स्कुलका शिक्षक दीपेन्द्र बस्नेतले बताए ।
आर्थिक अभावका कारण असहज शैक्षिक यात्रा पूरा गर्न अगाडि बढाउन गाउँगाउँ डुलेर सेवा दिदै खर्च जुटाईरहेका लालबहादुरको सपना भने भविष्यमा सुरक्षाकर्मी बनेर राष्ट्रसेवामा समर्पित हुने रहेको सुनाउछन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Last updated:2020 Oct 22 Thursday 11:02:55

प्रतिक्रिया
सम्बन्धित समाचार