भरत बोहोरा
उदयपुर असोज २७
जाल्पा एकिकृत विकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा रौतामाई गाउँपालीका ७ र ताप्ली गाउँपालीका ५ मा वडा विपद व्यवस्थापन समितिको अगुवाईमा एक दिने प्राकृतिक विपद न्युनिकरण दिवश सम्पन्न भएको छ । प्राकृतिक विपद न्युनिकरणका लागी अपनाउनु पर्ने र सम्भावीत जोखिमहरुलाई न्युनीकरणका लागी बालक्लब र वडा विपद व्यवस्थापन समिति मार्फत सचेतनामुलक र सन्देशमुलक सिकाई आदान प्रदान गरि जोखिम र क्षतीलाई निराकरण गर्न सकिने बारेमा व्यापक र बृहत छलफल भएको थियो । कायक्रमको अध्यक्षता रौतामाई गाउँपालीका ७ का वडाध्यक्ष उत्तरबहादुर मगर र ताप्ली गाउँपालीका ५ का वडाध्यक्ष फत्तबहादुर ज्यु ठकुरीेले गरेका थिए । कार्यक्रममा महिला, बालबालिका र समाजसेवी तथा वडाका प्रतिनिधीहरु गरि रौतामाई ७ मा २२ जना र ताप्ली ५ मा ४० जनाको सक्रि सहभागीता रहेको सम्बन्धीत वडाका फिल्ड परिचालकहरु थमान थापामगर र ईन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्राकृतिक विपतीकै रुपमा फैलिरहेको अहिलेको कोभीड १९ लाई मध्यनजर गरी आफु सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नका लागी सबैले सबै तहमा महत्वपुर्ण र सहयोगी भुमिका खेल्नुपर्नेमा वडा विपद व्यवस्थापन समितिका सँयोजक मगर र ठकुरीले विशेष जोड दिएका थिए । कोभीड प्रभावीत व्यतmी जोकोही लाई पनी घृणा र तिरस्कार हैन मायाँ र हौसला दिएर कोभीड लाई पराजीत गर्नु पर्नेमा सबै सहभागीहरु सहमत भएका थिए ।