Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जाल्पाद्धारा पुस्तक तथा ह्याण्ड वासिङ सामाग्री हस्ताणतरन

  • उपहार न्युज
  • मंगलबार, असोज ६ २०७७
जाल्पाद्धारा पुस्तक तथा ह्याण्ड वासिङ सामाग्री हस्ताणतरन

भरत बोहोरा
गाईघाट असोज ६
गैर सरकारी संस्था महासंघ जिल्ला साखा उदयपुरको संयोजनामा जाल्पा एकिकृत विकास समाज उदयपुरले ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा संगम सामुदायिक पुस्तकालयलाई ५५० प्रति वाल चित्र कथाका कितावहरु हस्तान्तरण गरेको छ ।
बाल चित्र कथा स्थानीय लेखकहरुले तयार गर्नका साथै स्थानीय भुगोल, भाषा र सस्कृतिलाई झल्काउने भएका कारण उक्त किताबमा सवैको पहुच अभिबृद्धि गर्ने उद्देश्यले जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोख्रेलले एक कार्यक्रम विच पुस्तकारलाई हस्ताणतरन गर्नु भएको हो ।
गै.स.स महासंघ केन्दिय सल्लाहकार सृजना दनुवार, गैसस महासंघ केन्दिय सदस्य महेश्वरी राई, गैसस महासंघ जिल्ला शाखाका अध्यक्ष सुमन परियार लगायत पदाधिकारीहरु, वल्र्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि अजय साह र संगम सामुदियक पुस्ताकलय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

संगम सामुदियक पुस्ताकलय व्यवस्थापन समितिका अध्यक्षय भरत खड्कालाई किताव हस्तान्तरण गर्दै जाल्पा एकिकृत विकास समाज, उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले संस्था स्थापना काल देखि हाल सम्म जाल्पा एकिकृत विकास समाज, उदयपुरले शिक्षाको क्षेत्रमा काम गर्दै आएको र सामाजिक सेवा दिवसको अवसरमा सवै उमेर समुहले अध्यायन गरुन भन्ने हिसावले पुस्तकालयलाई किताव हस्तान्तरण गरिएको जानकारी गराउनु भयो ।
त्यसै गरी सामाजिक सेवा दिवस कै अवसरमा संस्थाले त्रियुगा नगरपालिकाका कार्यवाहक मेयर देबी कुमारी चौधरीलाई सेवाग्राही तथा सेवाप्रदायकहरुलाई कोरोना महामरीको जोखिम कम गर्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपालका वाल वालस्पोन्सरसिप फिल्ड संयोजक आनन्द खड्काको उपस्थितिमा आधुनिक हेण्ड वासिङ कर्नर हस्तान्तरण गरेको वालस्पोन्सरसिप टिम लिडर गेस बहादुर आलेमगरले बताउनु भयो ।

Last updated:2020 Sep 22 Tuesday 10:59:58

प्रतिक्रिया
सम्बन्धित समाचार