जयन्तीकला तामाङ
उदयपुर भाद्र १९
नेपाल निजामती कर्मचारी युनियन संघ उदयपुरले स्थापना दिवशको अबसरमा उदयपुरमा विविध कार्यक्रम गरी मनाएको छ । संघले स्थापना दिवशको अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरलाई माक्स तथा स्वास्थ्य सामाग्री हस्ताणतरन गरेको छ ।
नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती विदुर बस्नेत, त्रियुगा नगरपालिका उप प्रमुख देवीकुमारी चौधरी लगायतको उपस्तिथीमा स्वास्थ्य सामाग्री हस्ताणतरन गरिएको हो । संघले स्थापना दिवशको अबसरमा स्वास्थय सामाग्री हस्ताणतरन संगै सेवा निवृत्त भएका कर्मचारीको विदाई तथा जिल्लामा आएका नयाँ कर्मचारीको स्वागत समेत गरेको छ । सेवा निवृत्त भएका संघ आबद्ध कर्मचारी सावित्रा राईलाई कदर पत्र सहित विदाई गरिएको छ । यता संघको स्थापना दिवशको अबसरमा कुमार थापाको अध्यक्षतामा कर्मचारी युनियन संघको त्रियुगा नगर समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा रमेश ढुंगाना, सचिवमा माधव पोख्रेल, कोषाध्यक्ष मन्जु आचार्य, सह सचिव गोविन्द कोइराला रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दल बहादुर दनुवार, निरु कार्की, कष्ण काफ्ले, इन्दिरा मगर रहेका छन् त्यसैगरी समितिको सल्लाहकारमा श्याम सुन्दास, गोपाल रायामाझी रहेका छन् । युनियन संघको स्थापना दिवशको अबसरमा आयोजित कार्यक्रममा युनियन संघका पूर्व अध्यक्ष निगमकुमार कोइराला, पार्टी पूर्व सचिव भिमचन्द्र राई, ट्रेड युनियन कांग्रेस स्वतन्त्रका अध्यक्ष केदार कटुवाल, कांग्रेस नेताहरु तारा राई, वासुदेव पोख्रेल लगातका उपस्तिथ रहेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा कर्मचारी युनियन संघ जिल्ला अध्यक्ष पहलमान खड्काको अध्यक्षता संचालित कार्यक्रममा उपाध्यक्ष भगवती खड्काले स्वागत मनतव्य तथा सचिव विशाल सुन्दासले कार्यक्रम संचालन गर्नु भएको थियो ।