Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

८४ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ

  • उपहार न्युज
  • बिहिबार, भाद्र ११ २०७७
८४ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ

उपाहार न्यूज
उदयपुर भाद्र ११
उदयपुर प्रहरीको विशेष टोलीले बुधबार उदयपुरको उदयपुरगढि गउँपालिका ७ बाट ८४ केजी प्रतिबन्धित गाँजा सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा गाँजा तस्करी हुदै गरेको जानकारीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक भिम बहादुर दाहालले जानकारी दिनु भयो । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका १ ओख्लेका पुष्पबहादुर मगर, ताप्ली गाउँपालिका ३ इनामेका राम बहादुर तामाङ रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति र गाँजा विहिबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
प्रहरीले उदयपुरमा लागुऔषध दुव्र्यसनी, ओसार पसार मुख्य समस्याको रुपमा रहेकाले यसलाई नियन्त्रण गर्नका लागि विशेष अभियानका साथ काम गरिरहेको प्रहरी उपरिक्षक दाहालले जानकारी दिनु भयो । गाँजा तस्करीमा नियन्त्रणमा लिर्ईएका व्यक्तिलाई आवश्यक अनुसन्धान गरिरहेको र संलग्न अन्य व्यक्तिको खोजी कार्य भैरहेको शसस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीले जानकारी दिनु भयो ।

Last updated:2020 Aug 27 Thursday 10:24:58

प्रतिक्रिया
सम्बन्धित समाचार