देबराज राई-
उदयपुर, साउन ११ ।
आर्थिक अवस्था दयनीय अवस्थाको एक परिवारका घाइते बालिकालाई प्रवाशीहरुको एक संस्थाले आर्थिक सहयोग गरेको छ । बराहपोखरी बराहपोखरी गाउँपालिकाको बिभिन्न ठाउँबाट फरक फरक देशमा रोजगारीका लागि रहेका तथा नेपालभित्रै रहेका युवाहरु आबद्ध सामाजिक संस्था ‘सचेत नागरिक सेवा समाज’ले एक लाख ३० हजार तीन सय ५० सहयोग गरेको हो ।
असार २८ गते खोटाङको बराहपोखरी गाउँपालिका– १ स्थित स्थानीय छत्रबहादुर मगरको छोरी मंगली मगर आँप टिप्न रुखमा चढ्दा लडेर बालिकाको दाँया हात र बायाँ खुट्टा भाँचीएको थियो । त्यस्तै शरीरको बिभिन्न भागमा चोट लागेको थियो ।
घाइते मंगलीलाई तत्कालै स्थानीयको सहयोगमा मोरङको बिराटनगरस्थित गोल्डेन हस्पीटलमा भर्ना गरिएको थियो । भर्ना भएकी मंगलाको उपचार (शल्यक्रिया) खर्च जुटाउन पारिवारिक आर्थिक अवस्था कमजोरीका कारण समस्या देखिएपछि सहयोगका लागि पहल गरिएको संस्थाका संस्थापक अभियान्ता संयोजक प्रकाश बन्जारा ‘सहयात्री’को भनाई छ ।
बालिका उपचारका लागि सहयोग जुटाउन सचेत नागरिक सेवा समाजको अगुवाईमा ‘मंगली बचाऊ अभियान’ सञ्चालन भएको थियो । अभियानमा बाराहापोखरी सेवा समाजलगायतले पनि साथ दिएको थियो । अभियान्ता बन्जाराका अनुसार अभियानमा प्रकाश मगर र निरज मगरलगायतको सक्रियता रहेको थियो ।
आर्थिक सहयोगपछि घाइते मंगलाको उपचार सफल भइसकेको छ । उनलाई हस्पीटलले डिस्चार्ज गरी ‘रिचेक’को समयसमेत दिइसकेको छ । सेवामूलक उद्देश्यले ‘भर्चुअल’ प्रबिधिबाट केही समयअघि गठित ‘सचेत नागरिक सेवा समाज, बराहपोखरी’ले गरेको यो पहिलो सामाजिक कार्य हो । यसलाई बैधानिकता दिन संस्थाको तदर्थ समतिसहित बिधान तयार भईसकको बञ्जाराले जानकारी दिए । संस्थामा बराहपोखरी गाउँपालिकका सबै वडाबाट प्रतिनिधिहरु रहने व्यवस्था गरिएको छ ।
‘मंगली बचाऊ अभियान’का सहयोगदाताहरुको नामावली :
- १, मुकेश खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ खोटाङ– रु. १०,१२८
२, बराहपोखरी सेवा समाज खोटाङ काठमाडौं– रु. १०,०००
३, हरि खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ खोटाङ रु. ६०००
४, प्रदीप बुर्जामगर बराहपोखरी २ चेकेथुम खोटाङ रु. ५,८००
५, नगेन्द्रबहादुर मगर बराहपोखरी ४ खानीगाउँ, खोटाङ रु. ५,२११
६, धनप्रसाद खपाङ्गी मगर गाइघाट, उदयपुर रु. ५,०००
७, ईश्वर बञ्जारा बराहपोखरी २ सिस्नेरी, खोटाङ रु. ५,०००
८, प्रकाश बन्जारा बराहपोखरी गाउँपालिका २ सिस्नेरी, खोटाङ रु. ५,०००
९, सन्तोष दाहाल बराहपोखरी २ धाप्लाङ, खोटाङ रु. ५,०००
१०, दिलबहादुर खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ खोटाङ रु. ५,०००
११, अनिल पुमा राई बराहपोखरी २ माल्बासे, खोटाङ रु. ५०००
१२, राम कुमार यस्माली मगर बराहपोखरी २ सुन्तले, (हाल ब्रुनाई) रु. ५,०००
१३, सरस्वती मगर रु. ५,०००
१४, प्रमिला आलेमगर बराहपोखरी १ वलम्पा, खोटाङ रु. ३,४५४
१५, देबराज श्रेष्ठ बराहपोखरी ४ धर्तुङ, खोटाङ रु. ३,३३४
१६,सुशील रेग्मी मगर बराहपोखरी ४ धर्तुङ, खोटाङ रु. ३,०००
१७, बमबहादुर खपाङ्गी मगर बराहपोखरी१ भञ्ज्याङ, खोटाङ रु. २,७७५
१८, बुद्धलिमेल मगर बराहपोखरी१ पिप्ले, खोटाङ रु. २,५२५
१९, केदार आले मगर बराहपोखरी २ खण्डपुर, खोटाङ रु. २,०००
२०, भिम थापा मगर बराहपोखरी ३ भदौरे, खोटाङ रु. २,०००
२१, ईन्द्र लिमेल मगर बराहपोखरी १ पिप्ले, खोटाङ रु. २,०००
२२, रमेश खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ, खोटाङ रु. २,०००
२३, बलराम खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ, खोटाङ रु. २,०००
२४, ढकराज मगर बराहपोखरी १ हाडे, खोटाङ रु. १,७००
२५, नगिन्द्र आले मगर बराहपोखरी १ दुईघरे, खोटाङ रु. १,६००
२६, सागर लुङ्गेली मगर अशोक बराहपोखरी २ माकापु, खोटाङ रु. १,५००
२७, मनिराज मगर बराहपोखरी १ वलम्पा, खोटाङ रु. १,५००
२८, गौरव केसी रुकुम रु. १,३३५
२९, प्रदिप खपाङ्गी मगर बराहपोखरी १ रुम्दु, खोटाङ रु. १,२०५
३०, तिर्था श्रेष्ठ बराहपोखरी १ बराहपोखरी, खोटाङ रु. १,२००
३१, महेन्द्र खपाङ्गी मगर काठमाडौ रु. १,१११
३२, प्रकाश खपाङ्गी मगर (अनन्त) बराहपोखरी १ भञ्ज्याङ खोटाङ रु. १,०००
३३, प्रदिप लुङ्गेली मगर (अर्जुन) बराहपोखरी २ माकापु, खोटाङ रु. १,०००
३४, नीरबहादुर खपाङ्गी मगर बराहपोखरी १ भञ्ज्याङ खोटाङ रु. १,०००।(
३५, ईश्वर खड्का बराहपोखरी १ डाडाखर्क, खोटाङ रु. १,०००।(
३६, रबिन आलेमगर बराहपोखरी १ रुम्दु, खोटाङ रु. १,०००
३७, रमेश लुङ्गेली मगर बराहपोखरी २ खन्डपुर, खोटाङ रु. १,०००
३८, बिष्णु आले मगर बराहपोखरी १ रुम्दु, खोटाङ रु. १,०००
३९, देउमान मगर केराबारी मोरङ रु. १०००
४०, कृष्ण बहादुर मगर केराबारी मोरङ रु. १०००
४१, कुमारी मगर बराहपोखरी १ रीपेनी, खोटाङ रु. १०००।
४२, प्रनिशा पुलामी मगर खोटेहाङ ४ धनमुडा, खोटाङ रु. १०००
४३, शुसिला पुलामी मगर खोटेहाङ ४ धनमुडा, खोटाङ रु. १०००
४४, गोमा थापा मगर खोटेहाङ गाउँपालिका ४ धनमुडा, खोटाङ रु. १०००
४५, युबराज घिमिरे खादबारी संखुवासभा रु. १०००
४६, पुजन थापा मगर बराहपोखरी १ भिरगाउँ, खोटाङ रु. १,०००
४७, सम्झना राई बराहपोखरी १ जिमिगाउँ, खोटाङ रु. १,०००
४८, शिबराज मगर बराहपोखरी ५ पौवासेरा, खोटाङ रु. १,०००
४९, नवराज बन्जारा बराहपोखरी २ सिस्नेरी, खोटाङ रु. १,०००
‘मंगली बचाऊ अभियान’का लागि आधिकारिक संयोजन गर्ने संस्था सचेत नागरिक सेवा समाजले सहयोगीहरुलाई धन्यबाद व्यक्त गरेको छ ।

तस्वीर : प्रकाश खपाङ्गी मगरको फेसबुक वालबाट ।

बालिका उपचाररत बिराटनगरको गोल्डेन हस्पीटलमा सहयोग रकम हस्तान्तरण गरिदै |