Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जेष्ठ नागरिकलाई रेडियो, युवालाई प्रोत्साहन गर्दै त्रियुगा १० को बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई सम्पन्न (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शुक्रबार, साउन २ २०७७
जेष्ठ नागरिकलाई रेडियो, युवालाई प्रोत्साहन गर्दै त्रियुगा १० को बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई सम्पन्न (फोटो फिचर सहित)

अनिसा परियार
उदयपुर श्रावण २
त्रियुगा नगरपालिका वडा नम्बर १० ले शुक्रबार एक कार्यक्रमका विच वडा भित्रका २३९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बार्षिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको वडाले यस बर्ष अलिक फरक तरिकाले जेष्ठ नागरिकको सम्मान गरेको छ । वडा नम्बर १० ले वडा भित्रका २३९ जना जेष्ठ नागरिकहरुलाई रेडियो उपाहार प्रदान गरेको हो । जेष्ठ नागरिकहरुलाई सुचनाको पहुचमा ल्याउनका लागि उपाहारमा रेडियो प्रदान गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले बताउनु भयो । कार्यक्रमका त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, उपप्रमुख देवकुमारी चौधरी, जिल्ला समन्वय समिति उदयपुरका उप प्रमुख गंगा राई र वडाध्यक्ष प्रकासकुमार खड्काले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई रेडियो प्रदान गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक संगै वडा नम्बर १० का विभिन्न युवा प्रतिभाहरुलाई पनि पुरस्कृत गरिएको थियो, पुरस्कृत हुनेहरुमा युवा तथा खेलकुदको क्षेत्रमा लामो समय देखि योग्दान पु¥याउदै आएका बक्सीङ प्रशिक्षक धन बहादुर मगर, बास्केटवल प्रशिक्षक प्रभात बुढाथोकी, फुटवल खेलबाट जिल्ला तथा राष्ट्रिय स्तरका प्राियोगीता सहभागी भएका युवा खेलाडिहरु दिपक मगर, संजित श्रेष्ठ, टिप्सन राई, समिरराज राउत, सुदिप श्रेष्ठलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।


त्यसै गरी मिस उदयपुरका विजेता श्रद्धा भट्टराई, आठौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी भई पदक विजेता पम्फा राई, रन्जीता मगर त्यसैगरी एसईई परिक्षामा जिल्ला प्रथम हुन सफल निशान खड्का र जेसिका खड्कालाई समेत सम्मान गरिएको थियो । त्यसै गरी त्रियुगा नगर गानका रचियता खिला घिमिरेलाई पनि कदर पत्र सहित सम्मान गरिएको थियो ।


कार्यक्रममा कोभिड १९ को संक्रमण फैलन नदिको लागि लकडाउनका कारण उत्पन्न समस्यामा परेका वडाबासी नागरिकहरुको लागि राहात कोषमा सहयोग गर्ने वडा भित्रका टोल विकास संस्था र विभिन्न दाताहरुलाई प्रसंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख वलदेव चौधरीले त्रियुगा नगरपालिकाले बोकेको उद्देश्य अनुरुप वडा स्तरमा योजनाहरु संचालन भएको बताउनु भयो । उहाँले नगरले सधै जेष्ठ नागरिक, युवा तथा खेलकुदको क्षेत्रमा प्रोत्साहनमुलक काम गर्दै आएको र यसको निरन्तरता वडा स्तरमा पनि भएको प्रति खुसी व्यक्त गर्नु भयो । नगरपालिकाले स्थानिय आवश्यक्तालाई पहिचान गरेर विकासको समानुपातिक वितरणको काम गरिरहेको समेत बताउनु भयो ।
यसै विच पानस उदयपुरको सहजीकरणमा वडाको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समिक्षा तथा सार्वजनकि सुनुवाई समेत आयोजना भएको थियो । कार्यक्रममा वडाध्यक्ष प्रकास कुमार खड्काले आर्थिक बर्ष २०७६/०७७ मा वडाले सम्पन्न गरेको योजनाहरुको विवरण सार्वजनिक गर्नु भएको थियो । वडा कार्यालयले वडाबासी संगको समन्वयमा विकासका योजनाहरु अघि सारिएको र सम्पन्न गरिएको बताउनु भयो ।


वडाध्यक्ष खड्काले नगरपालिकाबाट प्राप्त हुने सिमित बजेटका बाबजुत पनि वडाले माग र आवश्यक्तालाई प्राथमिक्ताको आधारमा योजनाहरु छनौट गरि संचालन गर्ने गरेको बताउनु भयो । कार्यक्रमका सहभागीहरुले वडाले संचालन गरेका योजना र आगामी योजनाहरुको बिषयमा जिज्ञासा तथा सुझाब राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख गंगा राई, त्रियुगा नगरपालिका उप प्रमुख देवीकुमारी चौधरीले त्रिनपा १० को विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

Last updated:2020 Jul 17 Friday 11:15:11

प्रतिक्रिया
सम्बन्धित समाचार