Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सुरुङगाको बजेट ६६ करोड बढि

  • उपहार न्यूज
  • बुधबार, असार १० २०७७
सुरुङगाको बजेट ६६ करोड बढि

उपाहार न्यूज
सप्तरी असार १०
सप्तरीको सुरुङगा नगरपालिकाले पाँचौ नगर सभा मार्फत आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागि नगरको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आगामी आर्थिक बर्षका लागि सुरुङगा नगरपालिको ६६ करोड ७७ लाख २६ हजार एक सय ८० रुपैयाको बजेट प्रस्ताव गरेको छ ।
आगामी आर्थिक बर्षका लागि चालु तर्फ १४ करोड ८१ लाख १८ हजार एक सय ९२ र पुजिगत तर्फ १५ करोड ८५ लाख ३३ हजार नौ सय ८८ रुपैया रहेको नगरपालिकाका लेखा प्रमुख चित्रप्रसाद आचार्यले जानकारी दिनु भयो ।
सुरुङगा नगरपालिका ३ लक्ष्मीपुरमा सामाजिक दुरी कायम गरि आयोजना गरिएको नगर सभा नगर प्रमुख मुक्तिनाथ चौधरीको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख विन्दाकुमारी पासवानको आदेशमा नगरपालिकाको आर्थिक विद्ययेक तथा विनियोजन विद्ययक नगरपालिकाका लेखा प्रमुख चित्रप्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

Last updated:2020 Jun 24 Wednesday 12:26:23

प्रतिक्रिया
सम्बन्धित समाचार