Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चौदण्डिगढि नगरको बजेट ६३ करोड ५५ लाख

  • उपहार न्यूज
  • बुधबार, असार १० २०७७
चौदण्डिगढि नगरको बजेट ६३ करोड ५५ लाख

उपाहार न्यूज
उदयपुर असार १०
चौदण्डिगढि नगरपालिका उदयपुरले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि चौथो नगर सभा मार्फत निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६३ करोड ५५ लाख ४३ हजार दुई सय रुपैया बजेट प्रस्तावित गरेको छ ।
नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख रिताकुमारी चौधरीले नगरपालिकाको लागि आगामी आर्थिक बर्षका लागि सो बजेट प्रस्ताव गर्नु भएको हो । नगरपालिकाको आगामी आर्थिक बर्षका लागि आन्तरिक आय तर्फ ५९ लाख, संघिय सरकारको शसर्त अनुदान तर्फ २९ करोड ४६ लाख, वितिय सामान्यीकरण तर्फ १४ करोड ३६ लाख, राजश्व वाडफाड तर्फ ११ करोड ३७ लाख ६१ हजार दुई सय, विशेष अनुदान ५८ लाख, समपुरक अनुदान एक करोड ६१ लाख रहेको छ । यता प्रदेश सरकारबाट प्राप्त अनुदान सर्शत अनुदान एक लाख वित्तीय सामान्यीकरण ७५ लाख ९५ हजार, सवारी साधन करको राजश्व वाडफाड एक करोड २६ लाख पन्ध्र हजार, समपुरक अनुदान एक करोड रहेको छ । यता स्थानिय राजश्व वाडफाड प्राकृतिक स्रोतका राजश्व वाडफाड तर्फ दुइै करोड ५० लाख, घर जग्गा रजिष्ट्रशन शुल्क वाडफाड तीस लाख सहित अनुमानित आम्दानी रहने गरी बजेट प्रस्ताव गरिएको हो ।

Last updated:2020 Jun 24 Wednesday 11:41:40

प्रतिक्रिया
सम्बन्धित समाचार