उपाहार न्यूज
उदयपुर असार १०
त्रियुगा नगरपालिकाको पाँचौ नगर सभा बुधबारबाट सुरु भएको छ । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा नीति कार्यक्रम बुधबार पाँचौ नगर सभामा पेश गरेको छ । ‘पाँचौं नगरसभाले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७७÷७८ का लागि अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले मात्रै बढी हो, आम्दानीमा वित्तीय समानीकरणमा २१ करोड १ लाख रहेको छ । राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैया रहेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको राजश्व वाँडफाडमा करिव ३ करोड कम हो । यस्तै राजश्व बाँडफाडकै प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार अनुमानित बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष ९ करोड ३७ लाख ४१ हजार विनियोजन गरेको छ । प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ । आगामी वर्ष स्थानीय संचित कोष वापत रकम विनियोजन गरेको छैन् ।
यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (शहरी शासकिय क्षमता तथा पूर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगर सभामा प्रस्तुत गरेको छ । यस्तै समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश समपूरक तर्फ १ करोड विनियोजन गरेको छ । त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरीको सभाध्यक्षतामा आयोजित नगर सभामा त्रियुगा नगरपालिकाले स्वास्थ्य, शिक्षित, उद्यमशीलता हाम्रो सहर समुन्नत समावेशी समृद्ध त्रियुगा नगरको संकल्पलाई आगामी आर्थिक बर्षमा साकार पार्नका लािग बजेटको मुख्य उद्देश्य निर्धारण गरेको छ । नगर सभाको बाकी कार्यक्रम आगामी असार १९ गतेबाट सुरु हुने गरी स्थगीत गरिएको छ । यसै विच त्रियुगा नगर गानका रचनाकार लेखक सम्मानित भएका छन् । त्रियुगा नगरपालिकाको ५ औँ नगरसभाले खिला घिमिरेलाई सम्मानित गरेको हो । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँको चेक सहित कदर पत्रले सम्मान गरेको हो ।उत्कृष्ट नगर गान रचनाकारलाई सम्मान गर्ने नगरकार्यपालिकाको निणर्य अनुसार सम्मानित भएको हो ।
नगरको सम्पूर्ण भूभाग, जाति, भाषा, धर्म र संस्कृतिको समान्तरमा नगर गानको उत्कृष्ट रचना रहेको भन्दै नगरपालिकाले लेखक घिमिरेलाई उच्च कदर गर्दै सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।