विश्वराज तामाङ
उदयपुर जेठ ३०
उदयपुर सदरमुकाम गाईघाटमा स्थानिय युवाहरुले सरकारलाई खबरदारी स्वरुप मौन धर्ना दिएका छन् । शुक्रबार बिहान गाईघाट स्थित पिपल चोकमा भेला भएका युवाहरुले सरकारले कोरोना नियन्त्रणको लागि गरेको १० अर्ब रकमको पार्दर्षिता नभएको भन्दै खबरदारी स्वरुप शान्तपूर्ण आन्दोलन गरेका हुन् । सरकारले १० अर्ब कोभिड १९ मा खर्च गरे पनि नागरिक स्तरमा पिसिआर परिक्षण हुन नसकेको भन्दै युवाहरुले सरकार प्रति आक्रोस पोखेका थिए । सरकारले नागरिको आवश्यक्तालाई जिम्मेबार ढंगबाट नलिएकाले सरकारको क्रियाकलाप प्रति खबरदारी गर्न युवाहरु बाध्य भएर सडकमा उत्रनु परेको स्थानिय युवा मनिष बास्तोलाले बताए । देश र जनताको आवश्यक्ता एकतारि सरकारको ध्यान अरु तिर भयो नागरिकहरु पिसिआर परिक्षण नगरीनै मर्ने अबस्थामा छन तर सरकार जिम्मबारी देखाउन सक्दैन स्थानिय युवा राम कटुवालले भने । विहान ७ बजे देखि सुरु भएको युवाहरुको धर्ना एक घण्टा सम्म रहेको थियो । धर्नामा दुई सय स्थानिय युवाहरु सहभागी थिए धर्नामा त्रियुगा नगरपालिका क्षेत्रको बोक्से, मोतिगडा, गाईघाट, बगाह, देउरी, जलजले लगायतका स्थानका युवाहरुको उल्लेखीय उपस्तिथी रहेको थियो ।