Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रिनपा ११ नम्बर वडास्थित कोठा भाडामा बस्नेलाई राहत, मनोजले बाडे अण्डा

  • उपहार न्यूज
  • आइतबार, बैशाख २१ २०७७
त्रिनपा ११ नम्बर वडास्थित कोठा भाडामा बस्नेलाई राहत, मनोजले बाडे अण्डा

उदयपुर, बैशाख २१ । उदयपुरको त्रियुगा नगरपालिकामा पहिलो पटक कोठा भाडामा लिएर बस्नेहरुलाई पनि राहत बितरण गरिएको छ । त्रिनपा ११ स्थित स्थानीय शिद्धार्थ टोलमा बिभिन्न समयदेखि कोठा भाडामा लिएर बस्दै आएको सर्वसाधरणलाई राहत बितरण गरिएको हो ।

‘गाउँले र टोलबासी जो स्थायी घर भएकाहरु ऐचोपैँचो पनि लिएर खान सक्छन्’ शिद्धार्थ टोल विकास समितिका अध्यक्ष अमितकुमार तामाङले भने, ‘बाहीरी ठाउँबाट आएर कोठा भाडामा लिई बस्दै आएकाहरु विशेष समस्यामा परेको देखेर हामीले राहतका लागि वडा कार्यालयसँग सिफारिस गरेका हौ ।’ आईतबार मात्र सो टोलका करिब ६६ परिवारलाई राहत बितरण गरिएको छ । जसअन्तर्गत ६६ परिवारमा राहत बितरण गर्दा दुई सय चार जना लाभाम्बित भएका छन् । उनीहरुलाई खाने चामल, दाल, नुन तेललगायत दैनिक उपभोग्य सामग्री बितरण गरिएको टोल विकास समितिका अध्यक्ष तामाङको भनाई छ ।

गामीले व्यक्तिगत रुपमा अण्डा राहत बाडे

त्यस्तै स्थानीय मनोज मासु पसलका सञ्चालक मनोज गामीले पनि राहत लिन आएकाहरुलाई अण्डा राहत बाडेका छन् । उनले वडा कार्यालयद्धारा उपलब्ध राहत बितरण गर्ने ठाउँमै आएर अण्डा बितरण गरेका हुन् । ‘बजार लकडाउनले पूरै बन्द छ, सर्वसाधरणलाई कति माछामासु खान मन लागीरहेको होला’ गामीले भने, ‘लकडाउनको समय दैनिक ज्यालादारी बन्द हुदा आर्थिक अभावमा रहेकाहरुलाई मासुको तिर्सना मेटाउन अण्डा बाडेको हुँ ।’ आफूले व्यक्तिगत रुपमा यसरी अण्डा बितरण गर्दा मनमा आनन्द महसुस हुने बताए । मनोजले यसअघि पनि गाईघाट बजारको बिभिन्न टोलमा पुगेर अण्डा राहत स्वरुप बितरण गर्दै आएका छन् । व्यक्तिगत रुपमा उनको पहल सराहनीय भएको स्थानीयको भनाई छ । 

Last updated:2020 May 03 Sunday 16:15:12

प्रतिक्रिया
सम्बन्धित समाचार