Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेस नेता बसन्त बस्नेत राहात र स्वास्थ्य सामाग्री लिएर गाउँ गाउँ

  • उपहार न्यूज
  • बिहिबार, चैत्र २० २०७६
कांग्रेस नेता बसन्त बस्नेत राहात र स्वास्थ्य सामाग्री लिएर गाउँ गाउँ

उपहार न्यूज
उदयपुर चैत २०
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुको दैनिक गुजरा कष्टकर भैरहदा उदयपुरमा कांग्रेस नेता बसन्तकुमार बस्नेत भने राहात र स्वास्थ्य सामाग्री बाड्न व्यस्त भएका छन् । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती बस्नेतले स्थानिय व्यवसायीहरु संगको समन्वयमा राहातको प्याकेज लिएर विपन्न परिवारको घर घर पुगेका छन् ।
कांग्रेस नेता बस्नेतको नेतृत्वको समुहले विपन्न परिवारलाई खाद्यन्न तथा सुरक्षार्थ खटिने प्रहरीको लागि स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
नेता बस्नेतले त्रियुगा नगरपालिका वडा नम्बर ९ का ४७ परिवारलाई खाद्यन्नको प्याकेज वितरण गरेका छन्, त्यसै गरी त्रियुगा नगरपालिका ३ पोखरी टोलका २० जना परिवारलाई खाद्यन्नको प्याकेज वितरण गरेका हुन् । यता जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सुरक्षार्थ खटिने प्रहरीहरुका लागि २०० थान माक्स, १२० प्याकेट विस्कुट र १० कार्टुन पानी समेत हस्ताणतरन गरेका हुन् । बाकी स्थानमा पनि राहात प्याकेज बाड्ने तयारी गरीरहेको नेता बस्नेतले उपहार न्यूज संगको कुराकानीमा बताए । उनले यस्तो बिषम परिस्तिथीमा विपन्न परिवारलाई खाद्यन्न संकट टार्नका लागि स्थानिय सरकारलाई समेत आग्रह गर्दै आएका छन् ।
कांग्रेस उदयपुरका नेता बस्नेत स्थानिय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा मेयर पदमा ७३ मतले पराजित भएका थिए । उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित हुन नपाए पनि सधै जनताको दुःख सुखमा रहि रहने बताउदै आएका छन् ।

Last updated:2020 Apr 02 Thursday 14:34:05

प्रतिक्रिया
सम्बन्धित समाचार