उपहार न्यूज
उदयपुर चैत १९
त्रियुगा नगरपालिका वडा नम्बर १० ले कोरोना भाइरसको संक्रमणलाई थप फैलन नदिनको लागि जनचेतना जगाउन र राहात प्रदान गर्नका लागि वडा स्तरीय राहत कोष स्थापना गरेको छ । बुधबार वडा कार्यालयमा आयोजित सर्वपक्षिय बैठकले वडा स्तरमा राहत संकलन तथा प्रदान गर्नका लागि कोष स्थापना गरिएको हो । सरकारले एकद्धार प्रणालीबाट राहत संकलन तथा वितरण कार्य गर्नका लागि परिपत्र गरे संगै वडाले कोष स्थापना गरेको हो । कोषमा संकलित नगद तथा खाद्यन्न वडा भित्रका गरिब र विपन्न परिवारलाई हस्ताणतरन गरिने वडाध्यक्ष प्रकास कुमार खड्काले बताउनु भयो ।
हाल वडा भित्रका विभिन्न २२ टोल विकास संस्था मार्फत विपन्न परिवारको नामवली संकलन गर्ने कार्य भैरहेका र संकलति नामवली अनुसार वास्तविक विपन्न परिवारलाई आवश्यक्ताको आधारमा खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्ने अध्यक्ष खड्काले बताउनु भयो ।
राहात कोषका लागि वडा नम्बर १० ले चालु आर्थिक बर्षम विनियोजित रकम मध्यबाट एक लाख रुपैया कोष स्थापनाको छुट्याईएको बताउनु भयो । वडाले आव्हान गरेको राहत कोषको लागि राहत संकलन गर्ने क्रम समेत सुरु भएको छ । राहत कोषमा त्रियुगा नगरपालिका वडा नम्बर १० का विभिन्न पेशा, व्यवसायमा आबद्ध तथा समाजसेवीहरुले कोषलाई सहयोग गरेको छ ।
राहत कोषका त्रियुगा नगरपालिका वडा नम्बर १० स्थानिय त्रियुगा मिडिया ग्रुपका अध्यक्ष तथा पानस उदयपुरका अध्यक्ष समेत रहेका विश्वराज तामाङले ५ हजार, नेकपा उदयपुरका सचिव ईश्वरमणी राउतले ११ हजार एक सय ११, जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईले १० हजार, निर्माण व्यवसायी अमृत खड्काले २५ हजार, त्रिनपा १० का वडा सदस्य कांग्रेस नेता केशव बस्नेतले २५ हजार, व्यवसायी प्रेम प्रसाद भट्टराईले २५ हजार, सुभाष भट्टराईले ११ हजार, स्वास्थ्यकर्मी मुरारी तिम्सीनाले ५ हजार, स्थानिय नर बहादुर कार्कीले ५ हजार, अनिल महतो ५ हजार, सन्तोष खड्का ५ हजार, ओम खड्का ७ हजार पाँच सय, कल्याण विक्रम बोहोरा ५ हजार, विजय खत्री ५ हजार, नेपाल मगर संघ १० नम्बर वडा समितिबाट पाँच हजार पाँच सय र स्थानिय पदम खत्रीले १० बोरा चामल सहयोग प्राप्त भएको वडाध्यक्ष खड्काले जानकारी दिनु भयो ।
वडा भित्र रहेका टोल विकास संस्थाको बचत समुहबाट प्रति बचत समुह एक सय रुपैयाको दरले राहात कोषमा जम्मा गर्ने, तथा वडा भित्र रहेको सामाजिक संघ संस्था, सामुदायीक वन, राजनैतिक दल लगायतकालाई राहत कोष स्थापना लागि सहयोग पु¥याउनका लागि समेत आव्हान गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।
त्रिनपा १० मा कोरोना भाईरस संक्रमण प्रतिकार्य समुह निर्माण गरिएको छ, समुहले वडा भित्र कुनै पनि व्यक्तिमा संक्रमणको आसंका भए तत्कालै उद्धार गर्ने तथा विपन्न परिवारलाई राहत वितरण लगायतको काम गर्ने जनाएको छ । प्रतिकार्य समितिको संयोजकमा वडाध्यक्ष प्रकास कुमार खड्का, वडा सदस्य केशव कुमार बस्नेत, राजकुमार कार्की, उर्मिला विक, सुरक्षा निकाय प्रतिनिधि, टोल विकास समन्वय समितिका प्रतिनिधि नविन राई, कल्पना मोते, दलका प्रतिनिधि बाट हेम मगर, जयन्ती तामाङ, संचारकर्मी विश्वराज तामाङ, गजेन्द्र राई, युवा संजाल प्रतिनिधि विमल भुजेल र युवा तथा खेलकुद विकास समितिका अध्यक्ष जीवन पाण्डे रहेको समिति गठन भएको वडाले जनाएको छ ।
