Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

७ सिजन चेल्सीबाट खेलेका हाजार्ड भन्छन – मैले निर्णय लिइसकें !! के छ उनको योजना

  • उपहार न्युज
  • बुधबार, जेष्ठ १ २०७६
७ सिजन चेल्सीबाट खेलेका हाजार्ड भन्छन – मैले निर्णय लिइसकें !! के छ उनको योजना

चेल्सीका स्टार मिडफिल्डर इडेन हाजार्डले आफ्नो भविष्यबारे निर्णय लिइसकेको बताएका छन् । अर्को सिजन चेल्सीसँगको सम्झौता सकिने र रियल म्याड्रिडले पनि इच्छा देखाएको अवस्थामा उनले नयाँ सम्झौता गरेका छैनन् ।

सिजनको अन्तिम खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि हाजार्डले भविष्यबारे अभिव्यक्ति दिएका हुन् । ‘हो, मैले निर्णय लिइसकें । तर यो मेरो बारेमा मात्र होइन,’ उनले भने, ‘ सिजनको सुरुवात अघि नै यो अवस्था प्रष्ट होस् भन्ने मेरो पनि चाहना हो । यो सम्भव भने भएन ।’

‘म पनि मिडियाजस्तै आफ्नो भविष्यबारे थाहा पाउन अड्केको छु । आशा गरौँ चाडैं यसबारे सबैलाई थाहा हुनेछ ।’ प्रशिक्षक माउरिजियो सार्रीले पनि हाजार्डले छाडेर जाने संकेत दिए ।

‘उनले यस क्लबमा ७ सिजन बिताएका छन् । प्रशिक्षणमा पनि निकै मिहिनेत गर्छन् । अब उनले जुन निर्णय लिएपनि हामीले त्यसको सम्मान गर्नुपर्छ । आशा गर्छु की उनी हामीसँग रहनेछन्,’ सार्रीले प्रष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार