Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

रोनाल्डोले आखिर मिडियामा के भनेका थिए, जसले गर्दा मेस्सी हारको दोषी बने !!

  • उपहार न्युज
  • बुधबार, जेष्ठ १ २०७६
रोनाल्डोले आखिर मिडियामा के भनेका थिए, जसले गर्दा मेस्सी हारको दोषी बने !!

च्याम्पियन लिग हार बार्सिलोनाको पूर्ण दोष प्रशिक्षक र कौटिन्होलाई दिइएको छ भने यस्तैमा ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाको हारको दोष लियोनेल मेसीलाई पनि दिनुपर्ने बताएका छन् ।

च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुलसँग पराजित भएर बाहिरिएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया दिएका थिए र संजालमा उक्त कुरा निकै झामिएको थियो ।

पहिलो लेगमा बार्सिलोनाको अग्रतामा मेसीको २ गोलको मद्धतले लिभरपुलविरुद्ध ३-० गोल अन्तरको जित निकालेको बार्सिलोना दोस्रो लेग ४-० ले पराजित भएपछि सेमिफाइनलबाट बाहिरिएको थियो ।

विभिन्न मिडियाले ब्राजिलका फिलिप कोटिन्हो र प्रशिक्षक इर्नेष्टो भालभर्डेलाई बार्सिलोनाको हारको दोष दिइरहेका बेला रोनाल्डोले मेसीलाई हारको दोषी नदेख्नु विभेद हुने बताएका थिए ।

खास उनले मिडियामा के भनेका थिए त ? उनले भनेका थिए -, ‘मैले मिडियामा देखेको छु बार्सिलोना ठुलो क्लब हो, बार्सिलोनामा उत्कृष्ट खेलाडी छन् जो मेसी हुन्, अर्को दिन फेरी मिडियामा देखिन्छ, बार्सिलोनाले मेसीले गर्दा खेल जित्यो, अन्य खेलाडीले हारे । यो सरसर अन्य खेलाडी र कोचीङ स्टाफका लागि नराम्रो कुरा हो, यस्तो हुनु हुदैन ।’

रोनाल्डोले हारको दोष कुनै एक खेलाडीलाई दिनु भन्दा पुरै टिमले लिनुपर्ने बताएका छन् । लिभरपुलले उत्कृष्ट फुटबल खेलेको भएपनि खेलको पहिलो हाफमा बार्सिलोनाले गोल गर्ने अवसर गुमाएको रोनाल्डोले बताएका छन् ।

ब्राजिलका महान खेलाडी रोनाल्डो बार्सिलोनामा सन् १९९६-९७ मा एक सिजन खेलेका थिए । त्यस सिजनमा रोनाल्डोले ४९ खेल खेल्दै ३४ गोल गरेका थिए । त्यस सिजनमा बार्सिलोनाका लागि युइएफए कप, कोपा डेल रे र सुपर कोपाको उपाधि जितेका थिए ।

Last updated:2019 May 15 Wednesday 10:53:42

प्रतिक्रिया
सम्बन्धित समाचार