Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

लिम्चुङबुङ गाउँपालिका बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • शुक्रबार, साउन १७ २०८२
लिम्चुङबुङ गाउँपालिका बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई सम्पन्न

उपहार न्यूज
उदयपुर श्रावण १५
लिम्चुङबुङ गाउँपालिका उदयपुरले आर्थिक बर्ष २०८१.०८२ बार्षिक समिक्षा तथा तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । गाउँपालिकाको कवर्ड हलमा आयोजित सार्वजनिक सनुुवाई कार्यक्रममा स्थानिय नागरिक, राजनैतिक दल, कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सरोकारवालाहरुको उपस्तिथी रहेका थियो ।
कार्यक्रममा गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा गाउँपालिकाको बिषयगतरुपमा संचालित कार्य सम्पादनको बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा कुल बजेटको ८२.११ प्रतिशत खर्च गरेको सार्वजनिक गरेको छ । प्रमुख प्रशासकी अधिकृत सन्देश राईले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा कुल २७ लाख १७ हजार ६ सय ९६ रुपैया आन्तरिक राजश्व संकलन गरेको छ । पालिकाले चार किस्तामा गरेर सामाजिक सुरक्षा भत्ता वापत ४ करोड ७४ लाख ७५ हजार ५ सय ५५ रुपैया वितरण गरेको छ ।
कार्यक्रममा गाउँपालिकाको विषयगत शाखाहरु लघुउद्यम शाख, रोजगार शाखा, पशु सेवा शाखा, कृषि शाखा, महिला तथा बालबालिका शाखा, मनोविमर्श शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, प्राविधिक शाखा, आर्थिक प्रशासन शाखाबाट बार्षिक रुपमा संचालित कार्यक्रमको बिषयमा बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा सहजीकरण संस्था त्रियुगा मिडियाले गाउँपालिकामा सार्वजनिक सुनुवाई पूर्व गरिएको सर्वेक्षणको आधारमा तयार पारिएको प्रतिवेदन पत्रकार देवराज राईले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी नागरिकहरुले गाउँपालिकको विभिन्न सरोकारका बिषयहरुमा प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए ।
नागरिकहरुले राखेका सुझाब प्रति प्रशासन शाखाका प्रमुख युवराज ओली, शिक्षा शाखा प्रमुख गोविन्द कार्की, प्राविधिक शाखा प्रमुख सोमित कामतले बिषयगत प्रश्नहरुको उत्तर दिएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेजरकुमार राई उपाध्यक्ष पुष्पलाल राईले नागरिकहरुले उठाएका प्रश्नहरुको बिषयमा आफ्ना प्रतिबद्धता सहितको भनाई राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकालाई कृषि र पर्यटन मार्फत समृद्ध बनाउने अभियानमा पालिका काम गरीरहेको बताउनु भयो । उहाँले पालिकाले लिएको निति अनुरुप अध्यक्ष कृषि कार्यक्रम प्रभावकारी ढंगे संचालन भैरहेको बताउनु भयो ।
अध्यक्ष राईका अनुसार हाल अकबरे खेतीले कृषकहरुलाई प्रतिफल दिई रहेको छ, त्यसैगरी गाउँपालिकाको विभिन्न स्थानमा गरेर व्यवसायीक केरा, ड्राईगन फ्रुट, विभिन्न प्रजातिका फलफुल, तरकारी, किवि लगायतको खेतीहरु भैरहेको समेत बताउनु भयो । अध्यक्ष राईले गाउँका जनताहरुको मागमा आधारित कार्यक्रमहरु पालिकाले अघि बढाएको समेत बताउनु भयो ।

Last updated:2025 Aug 01 Friday 13:40:14

प्रतिक्रिया
सम्बन्धित समाचार