उपहार न्यूज
उदयपुर चैत ९
ग्लोबल मनि विकको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था शाखा कार्यालयको आयोजनामा एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चुहाडे स्थित भेटघाट रेस्टुरेन्टमा आयोजित कार्यक्रम संस्थाको केन्द्र नम्बर ५ का केन्द्र प्रमुख संगीता कार्कीको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय ८२ जना सदस्यहरुको उपस्तिथी रहेको शाखा प्रमुख नेत्रप्रसाद दाहालले जानकारी दिनु भयो । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अम्बर बहादुर दनुवार, प्रहरी चौकी चुहाडे इन्चार्ज रेवत फुयल कार्यक्रम अधिकृत सुरेन्द्र श्रेष्ठ लघुवित्त कर्मचारी मिलन केन्द्र गाईाघाटका अध्यक्ष हेमराज दाहाल लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा शाखाका कर्मचारी सरिता पाण्डे स्वागत मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष अम्बर बहादुर दनुवारले कर्जाको सदुपयोगिता र गुणस्तरिय कर्जामा ध्यान दिन लिएको कर्जा समयमा तिर्न र अनावश्यक हो–हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सदस्यहरुको तफंबाट रमा रेग्मी, कमला बि.क. र निर्मला कार्कीले आफ्नो आफ्नो भनाई राख्दै गाउँ गाउँमा लघुबित्तले दिएको सेवा प्रति आफुहरु सन्तुष्ट रहेको बताएका थिए ।
साना व्यवसायी तथा उद्यम संचालन गर्नका लागि बिना धितो ७ लाख सम्म कर्जा पाउदा सहज भएको बताएका थिए ।
बित्तिय साक्षरता कार्यक्रमको विषय बोल्दै कार्यक्रम अधिकृत सुरेन्द्र श्रेष्ठले कर्जा बचत आम्दानी खर्चको बारेमा जानकारी दिनु भएको थियो । यस्तै अतिथी हेमराज दाहालले हरेक क्षेत्रमा महिलाको नेतृत्व संगै महिलाले घर धानेको र आजको दिनमा महिला ब्यबहारिक बन्दै गएको बताउनु भयो ।
अरुको उक्साहटमा लागेर कर्जा मिहाना हुन्छ भन्ने हल्लाको पछि लागेर आफ्नो कारोबार नबिगार्न सलाह दिदै लघुबित्त महिलाहरुको माइती घर हो भन्ने नारालाइ आत्मसाथ गर्दै जानु पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथी, अतिथि लगायतलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै ५÷५ जना उत्कृष्ट ऋणी र उत्कृष्ट बचत कर्तालाइ समेत सम्मान गरिएको थियो । आरम्भ चौतारी लघुबित्त बितिय संस्था लि. केन्द्रिय कार्यालय बनेपामा रहेर १३५ शाखा ६ प्रदेश कार्यालय १ लाख माथी सदस्य ३४ हजार बढी ऋणी सदस्य रहि ५५० भन्दा बढी कर्मचारी भएको राष्ट्रिय स्तरको लघुबित्त रहेको शाखा प्रमुख नेत्रप्रसाद दाहालले जानकारी दिनु भयो ।