उपहार न्यूज
उदयपुर पौष १६
उदयपुरको रौतामाई गाउँपालिका ७ मुकुर्चीमा पहिलो पटक रौतमाई मिनि महोत्सव हुने भएको छ । आगामी पौष १९ देखि माघ ४ गते सम्म रौतामाई मुकुर्ची बसपार्कमा मिनि महोत्सव हुन लागेको हो ।
रौता स्पोर्टस क्लब रौतामाई ७ मुकुर्चीको आयोजनामा हुने मिनि महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आलेमगरले बताउनु भयो ।
महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने रौता स्पोर्टस क्लबका सचिव टेकराज रिखाम मगरले जानकारी दिनु भयो ।
रौतामाई गाउँपालिकाको पर्यटन, कला, भाषा, धर्म सस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिनि महोत्सव आयोजना हुदै गर्दा रौतामाईका स्थानियहरु उत्साहित रहेको आयोजक समितिका सन्तोष मस्र्याङी मगरले जानकारी दिनु भयो । महोत्सवको तयारी स्वरुपमा यतिवेला मुर्कुची बजार विभिन्न धोजापतकाको सजि सजाउ भएको छ ।



