Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ ः मन्त्री पौडेल

  • उपहार न्यूज
  • बिहिबार, मंसिर १३ २०८१
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ ः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् ।बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामीभए भने बिपी कोइराला अस्पताल धरानमा पुर्याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ती म अनुरोध गर्न चाहन्छु । हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरुले व्यवसायीक रुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।

Last updated:2024 Nov 28 Thursday 07:08:04

प्रतिक्रिया
सम्बन्धित समाचार