Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता

  • उपहार न्यूज
  • आइतबार, मंसिर ९ २०८१
सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरुले भरपुर मनोरन्जन समेत दिलाए ।नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीमा आगन्तुकहरुले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको दाबी छ ।फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरुले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका थिए ।महोत्सवमा पहिलोपटक प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए ।महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतीक मनोरञ्जन दिएका थिए । एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभलमार्फत नेपालीहरुले अष्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

Last updated:2024 Nov 24 Sunday 07:30:34

प्रतिक्रिया
सम्बन्धित समाचार