Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ ः मन्त्री पाण्डे

  • उपहार न्यूज
  • शनिबार, मंसिर ८ २०८१
गौतमबुद्ध विमानस्थलबाट  अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ ः मन्त्री पाण्डे

लुम्बिनी।संस्कृती पर्यटन तथानागरिक उडडयन मन्त्रीबद्रीप्रसाद पाण्डेले गौतमबुद्वविमानस्थल सञ्चालनकालागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामाआयोजितगौतम बुद्वअन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धिअन्तरक्रियाकार्यक्रममाव्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए । उनले नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालनहुँदायात्रुलाई पनि सहजहुने पनिबताए । उनले विमानस्थलदिगो रूपमा सञ्चालन गर्नका लागिआफू महिनामा २ पटक आउने समेत प्रतिवद्वताजनाए ।
उनले भने, ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवाआउनेछु, संस्कृती र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्षचलाऔ भन्नेमा लागेको छ। मेचिमहाकालीको विचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिकभएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं।’ उनले विमानस्थलसँग सम्बन्धितश्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनीलगायतकाअत्यावश्यककार्यालयहरु स्थापनाकालागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने उद्घोष पनि गरे । उनले विमानस्थलसँग सम्बन्धिततत्तकाल गर्नुपर्ने काम र प्राविधिकतथादीगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर गर्ने समेत बताए । लुम्बिनीविकास कोषकाअध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनीविकास कोषले दु्रतगतीमाकाम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामिदिनमात्यसकाकमीकमजोरी सुधार गरेर जाने उद्घोष गरे । उनले होटल, गुम्बार स्थानीयहरूकाविचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै त्यहाँको द्वन्द्वको मध्यस्थताकालागिनिजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

Last updated:2024 Nov 23 Saturday 11:08:20

प्रतिक्रिया
सम्बन्धित समाचार