जुम्ला । कर्णालीप्रदेशकामुख्यमन्त्रीयामलाल कडेलले राजनीतिक परिर्वतनपछि नयँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागिकाम गर्नुपर्ने बताएका छन् ।नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाले शनिबार जुम्लाको खलंगामाआयोजना गरेको अगुवाकार्यकर्ता भेटघाट कार्यक्रममाएमाले स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ–आफ्नो क्षेत्रमानवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका छन् । राज्यकाआयोजना र स्रोत साधनको परिचालन राज्य संयन्त्रले गर्ने भएपनितीआयोजनामा स्रोतसाधन परिचालआवश्यक छ कि छैन वा ठिक ढंगले परिचालितभएका छन वा छैनन भन्ने विषयमा राजनीतिकदलका स्थानीय कमिटीहरुले खवरदारी गर्नुपर्ने पनिमुख्यमन्त्री कडेलको धारणा थियो ।मुख्यमन्त्री कडेंलले योजनाको लागि सरकारले बजेट बिनियोजन गरेपनि समयमा सम्पन्नहुननसक्दात्यसको गलत सन्देश प्रवाहभइरहेको चर्चा गर्दैमुख्यमन्त्री कडेलले आयोजनालाई गुणस्तर बनाउनतथा समयमै सम्पन्न गर्न स्थानीय स्तरका पार्टी कमिटी तथा नेताकार्यकर्ता भूमिकाहुनेमा जोड दिए । आयोजना समयमै सम्पन्नहुन सके जनताले स्याबासीदिने हुँदा गाउँठाउँमा आएकाआयोजनालाई गुणस्तरीयसहित समयमा सम्पन्न गर्न सक्रियतापूर्वक लाग्दा राजनीतिक रुपमा राम्रो सन्देश प्रवाहहुने मुख्यमन्त्री कडेंललको भनाई थियो ।
मुलुक संघीय संरचनामागइसकेपछि जनताको अपेक्षा धेरै भएकोले अपेक्षाअनुसार धेरै कामहुननसकेपनि तर केहीपनिनभएको जस्तो व्यवस्थाप्रति नै वितृष्णा जगाउने कामभइरहेकोप्रतिचिन्ताव्यक्तगर्दे मुख्यमन्त्री कडेलले भने,‘ओहोदामापुग्दाजनभावनाअनुसार काम गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसग हेक्का छ, यही सोचेर नै जिल्लातथा स्थानीय स्तरमै पुगेर समस्या र गुनासाहरु सुनिरहेकोछु ।’मुलुकको आर्थिक अवस्थात्यति सन्तोषजनक नरहेको चर्चा गर्दै मुख्यमन्त्री कडेलले राज्य स्वयंसँग सिमित साधन र रहेको र सिमित साधनश्रोतबाटै जनतालाई निराशाहुननदिनेगरि उत्कृष्ट काम गर्नु परेको मुख्यमन्त्री कडेलको भनाई थियो ।
नीति, निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भुमिकाभएपनिजनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्वहुने बताउदै मुख्यमन्त्री कडेलले हिमालीजिल्लाहरुमाकर्मचारी आउननमान्ने भएकाले पनि निर्णय भएको बजेट पनिकार्यान्वयनमा समस्या देखिएको धारणा राखे ।उनले कर्मचारीहरुलाई हिमालीजिल्लामाआउन सहजबनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिकदलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कडेलले जिल्लाको विकासमा सबै राजनीतिकदलहरुबीचजति धेरै एकता हुन्छ त्यतिनै प्राप्तिहुने हुँदाविकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई आग्रह गरे । प्रदेश राजधानी बसेर नै अरुले सुनाएको भरमा विकासका योजनाबनाउनुभन्दा स्थानीय स्तरमा वास्तविकअवस्थाबुझने उदेश्यले आफूले प्रदेशका सबै जिल्लामापुग्ने उदेश्य राखेको र दशै वटै जिल्लापुगेको पनिपनिमुख्यमन्त्री कडेलको भनाई थियो ।जिल्लाको सार्वजनिक सेवाप्रवाह, विकास आयोजनाको अवस्थातथा, विकास निर्माणका प्राथमिकतावारे सरोकारवालासग छलफल र अन्तरक्रिया गरेसंगै आफूलाई जिल्लाको वस्तुगत अवस्थाबारे धेरै नै जानकारी भएको मुख्यमन्त्री कडेलको भनाई थियो ।मुख्यमन्त्री कडेलले जिल्लाजादाआफुले नागरिकको सरकारप्रतिको धारणासगै बुझने र जान्ने वसर पाएको पनिबताए । व्यबस्था र दलहरुप्रतिवितृष्णा फैलाउनएकथरी व्यक्तिहरु सक्रिय रहेको अहिलेको अवस्थामा परिवर्तनको पक्षमा संघर्ष गरेको दलहरुप्रतिजनमतश्रृजना गर्नु पनिप्रदेश सरकारको कामहो भन्ने उनको भनाई थियो ।