Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

मुर्कुचीको नमुना माविका विद्यार्थीहरुलाई पोसाक बितरण

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर ७ २०८१
मुर्कुचीको नमुना माविका विद्यार्थीहरुलाई पोसाक बितरण

उदयपुर, मंसिर ७ ।
उदयपुरको नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत बिपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक बितरण गरिएको छ । यसअघि सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको समूह ‘पूर्व विद्यार्थी समाज’को समन्वयमा ‘प्रकृति प्रेमी समाज उदयपुर’ले निम्न वर्गका तीन दर्जन विद्यार्थीलाई पोसाक बितरण गरेको हो ।

१२ छात्रा र २४ छात्रलाई विद्यालयको पोसाक सर्ट र पाईन्ट एक कार्यक्रमबीच बितरण गराइएको आयोजक प्रकृति प्रेमी समाज उदयपुरका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । शैक्षिक अवस्था सुधार अगाडि बढाउन आम नागरिकको समान दायित्व रहने कार्यक्रमका प्रमुख अतिथी उदयपुरका शिक्षा विकास तथा समन्वय प्रमुख सशीकुमार यादवले बताउनुभयो ।

पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक रुपमा पिछडिएकाहरुको बाध्यतालाई मलमपट्टी लगाउन आगामी दिनमा समेत तयार रहेको पूर्वविद्यार्थी समाजका अध्यक्ष भरत खड्काले प्रतिबद्धता जनाउनुभयो । पूर्व विद्यार्थी समाजका उपाध्यक्ष प्रलाद कार्कीले संचालन गरेको कार्यक्रममा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका अधिकृतहरु भवानी कटेल, अर्जुन कार्की, प्रकृति प्रेमी समाजका दिपक खनाल, मनोज कार्की, श्याम ढकाल, दिपक श्रेष्ठ, पत्रकार, विद्यार्थी र शिक्षकलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार