Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

राष्ट्रिय परीक्षाबोर्ड अध्यक्षलाई जिम्मेवार बन्नध्यानाकर्षण

  • उपहार न्यूज
  • सोमबार, कार्तिक २६ २०८१
राष्ट्रिय परीक्षाबोर्ड अध्यक्षलाई जिम्मेवार बन्नध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय परीक्षाबोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ। खोटाङ केपिलास गढीगाउँपालिका–५ सप्तेश्वर स्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोप सहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षाबोर्डले पुनःउत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियु काठमाडौं जिल्लाकमिटीले यस प्रतिचासो राखेको हो।
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाको नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसंग यस विषयमा छलफल गरेको थियो र परीक्षा नियन्त्रकका अनुसार २०८० को क्भ्भ् नतिजालाई हेर्दा (रिटोटलिङ) पूनर्योगको लागी निवेदनदिने १८ हजार ६१२ जना विद्यार्थी मध्य ८ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइयो। जुन ४.५६% हो ।त्यस मध्य २ सय जना विद्यार्थीले कपि हेर्न पांउ भनेर निवेदन दिएका थिए, जस मध्य ३६ जनाले विज्ञ संग बसेर उत्तर पुस्तिका हेरेका थिए। विज्ञले फकाएर कपि (रिचेक) पुन परीक्षण नगर्न दबाब दिदा दिदै पनि १६ जना विद्यार्थीले कपि रिचेक (पून परीक्षण)को लागि निवेद नदिएका र ति १६ जना निवेदन दिने विद्यार्थी मध्यबाट १० जनाको नतिजा परिवर्तन नै भएर आएको थियो। उत्तरपुस्तिका पुन परीक्षणका लागी निवेदन दिने विद्यार्थीलाई हेर्दा पुनः परीक्षणपश्चात ६२.५% विद्यार्थीको नतिजामा परिवर्तन आएको देखिन्छ। यसै तथ्यलाई हेर्दा मात्रै पनि राष्ट्रिय परीक्षाबोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरु तथा सम्बन्धित सरोकारवालाहरु कति गैरजिम्मेवार छन र विद्यार्थीको भविष्यसँग कसरी खेलबाड गरिरहेका छनभन्ने प्रष्ट देखिन्छ ।यसका साथै राष्ट्रिय परीक्षाबोर्डमा, राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउदै, राष्ट्रिय परीक्षाबोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोमा, वेबसाइट प्रभावकरी बनाउन समेत ध्यानाकर्षण गराएकाछौं।

Last updated:2024 Nov 11 Monday 05:54:49

प्रतिक्रिया
सम्बन्धित समाचार