Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ ः बालेन

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १४ २०८१
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ ः बालेन

काठमाडौं । काठमाडौंमहानगरपालिकाकाप्रमुख बालेन्द्र शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
बुधबार धन्वन्तरि जयन्तीतथा राष्ट्रिय आरोग्यदिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखानाविकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै प्रमुखशाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन्भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखानाभएको बताएकाहुन् । उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका सानाविद्यार्थीहरु, बाबुनानीहरु तथाअध्यन गर्ने अभियन्ताहरुले सबैले यो देश किनडुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखानाआएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा । यो देशमा के समस्या छ ? यो देशको विभिन्नउत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएकाविभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखानाआएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’सिंहदरबारमा रहेको वैद्यखानामाऔषधीनभइभवनहरुमा रहेको उनको भनाइ छ । त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भएमात्रनभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउननसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे । देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे ।

Last updated:2024 Oct 30 Wednesday 06:31:37

प्रतिक्रिया
सम्बन्धित समाचार