काठमााडौं । काठमाडौंमहानगरपालिकाले स्वदेशमाउत्पादनभएकाफूलको विक्रीवितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमाविक्रीवितरण प्रबन्ध गरेको छ । महानगरपालिकाले तिहारमा स्वदेशीफूलउत्पादककिसानलाई प्रोत्साहन; प्लाष्टिकका फूलविक्रीमाप्रतिबन्ध ,प्लाष्टिकजन्य फूलतथा सजावटका सामग्रीविक्रीवितरणमा रोक लगाउँदै स्वदेशमाउत्पादनभएकाफूलको व्यापारलाई प्रवर्धन गरेको हो । महानगरपालिकाकाप्रमुखबालेन्द्र शाहले गतवर्ष सिकाई र अभ्यासबाट किसानहरुलाई सहजताप्रदान गर्ने प्रयास गरिएको बताएका छन् । गएको वर्ष पनिप्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूलविक्री गर्ने स्थानमिलाइएको थियो । त्यस ठाउँमा पुग्नमहानगर प्रहरी बलको सवारी साधनउपयोग गरिएको थियो ।
यि हुन् विक्रीवितरण गर्न पाइने ४६ स्थानः
१)आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्यालीकोल्ड स्टोर, बालाजु
५) सामुदायिकभवन, बालाजु
६) धर्म चक्रपार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपाव्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिलमल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जनामल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के.एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गोजापान, शंखमुल
२७) आइप्लेक्स,बानेश्वर
२८) एनबि सेन्टर, नयाँबानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०)चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकलकम्प्लेक्स,शंखमुल
३६) एसि कम्प्लेक्स,चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विगमार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासाब्याङकेट सोह्रखुट्टे