Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जगदिश इम्पेक्सको सेवा मेन चोकबाट

  • उपहार न्यूज
  • शुक्रबार, असोज १८ २०८१
जगदिश इम्पेक्सको सेवा मेन चोकबाट

एक्सप्रेस संबाददाता
गाईघाट असोज १८
जगदिश इम्पेक्सले आफ्नो सेवा गाईघाटको मेन चोकबाट सुरु गरेको छ । गाईघाट स्थित सिद्धार्थ मार्गबाट संचालन हुदै आएको इम्पेक्सले गाईघाट मेन चोकमा रहेको आफ्नै घरबाट आफ्नो व्यवसायीक सेवा सुरु गरेको इम्पेक्सका प्रोपाईटर कुन्दन साहले बताउनु भयो ।
विगत ४५ बर्ष देखि गाईघाटमा जगदिश घडि पसल तथा ईलेक्ट्रोनिक्स केन्द्रको नामबाट प्रख्यात जगदिश ब्राण्डको नयाँ व्यवसाय जगदिश इम्पेक्सले आफनो सेवा शुक्रबारबाट मेन चोकमा सुरु गरेको जनाएको छ । गाईघाट मेनचोक विशाल बजार देखि दुई घर माथिबाट इम्पेक्सले आफ्नो सेवा सुचारु गरेको प्रोपाईटर साहले बताउनु भयो । जगदिश इम्पेक्सले कम्वाईन मिल, मिलका सम्पूर्ण सामान, स्टिल कम्पनीको चेन शो, चेन शो का सम्पूर्ण सामान तथा मर्मत बिजुलीका सम्पूर्ण सामान जेनेरेटर क्रमटन किलोस्करका वाटर पम्प, चाप कटर, ड्रिल मेशिन, वयलडिङ मेशिन तथा मेशिनरीका सामाग्रीहरु विक्रि गर्दै आएको छ ।
इम्पेक्समा एक्साईड, लुम्बिनियस कम्पनीका सम्पूर्ण इन्भटर र ब्याट्रिहरु जस्तै इन्भटर सोलार ब्याट्रि, गाडि, बाईक, अटो, सिटि रिक्सा, जेसिभि आदिका व्याट्रि पाउनुका साथै व्याट्रि चार्ज विक्रि गर्दै आएको छ ।

Last updated:2024 Oct 04 Friday 12:28:28

प्रतिक्रिया
सम्बन्धित समाचार