उपहार न्यूज असोज ९
नेपाल मानव धर्म सेवा समिति उदयपुरले आज एक कार्यक्रमका विच त्रियगा नगरपालिका १३ स्थित जनता आधारभुत विद्यालयका १२० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल मानव धर्म सेवा समितिको शिक्षा अभियान कार्यक्रम अन्तर्गत विद्यालयमा अध्यानरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्ताणतरन गरेको हो ।

मानव धर्मका सत्पालजी महारज जीको ६९ औ शुभजन्मोत्स्वको अबसर पारेर शिक्षा अभियान कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई उपहार स्वरुम शैक्षिका सामाग्री प्रदान गरिएको हो । नेपाल मानव धर्म सेवा समिति उदयपुरले यस अघि रक्तदान कार्यक्रम केहि दिन अघि गाईघाट स्थित आश्रममा गरेको थियो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रदेश नम्बर १ क्षेत्र नम्बर ३ का प्रभारी माहात्मा निगमा बाईजी, अमोघा बाईजी, मानव धर्म सेवा समिति उदयपुरका अध्यक्ष निगमकुमार कोइराला जिल्ला सचिव भक्तबहादुर खड्का सेवा दलका केन्द्रिय सदस्य सोवितसिंह बस्नेत, कोषाध्यक्ष संगीता राजधामी, युवा संगठनका सदस्य सुमन कोइराला लगायतको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा जनता आधारभुत विद्यालयका प्रअ ज्ञानेन्द्र श्रेष्ठले मानव धर्म सेवा समितिले बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्ताणतरन गरेको प्रति खुसी व्यक्त गर्नु भयो । त्रियुगा एक्सप्रेस दैनिकबाट