Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

पठन संस्कृतिको विकास गर्न नागरिक बहस

  • उपहार न्यूज
  • सोमबार, असोज ६ २०७६
पठन संस्कृतिको विकास गर्न नागरिक बहस

उपहार न्यूज
उदयपुर असोज ६
पछिल्लो समय नेपाली समाजमा पठन संस्कृतिको विकास गर्न बद्लिदो प्रविधि र परिवेश चुनौती बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् । समाजमा मोवाईलको प्रयोग बढ्दै जाँदा पछिल्लो पुस्तामा पठन संस्कृतिको विकास हराउदै जान सक्ने संभावना भए पछि सरोकारवालाहरु थप चिन्तित देखिएका छन् । पठन संस्कृतिको पूर्वाधारको रुपमा पुस्तकालयलाई विकास गर्नका लागि सबै लागि पर्नु पर्ने सोमबार संगम सामुदायीक पुस्तकालयमा आयोजित नागरिक बहस कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका पूर्व शहरी विकास मन्त्री तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्काले पठन संस्कृतिलाई विकास गर्नका लागि पुस्तकालयको विकास गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले विश्वमा विभिन्न देशमा परिवर्तन संगै देशको विकासमा पुस्तकालय, अनुसन्धान केन्द्रहरुले महत्वपूर्ण भुमिका खेलेको इतिहास रहेको भन्दै नेपाल जस्तो मुलुकमा पनि पठन संस्कृतिको विकास गर्न सके सामाजिक विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले राज्यको मुख्य स्थानमा रहेको निति निर्माताहरु संग आफुले पटक पटक पुस्कालय विकासमा चासो राख्नको लागि आग्रह गरे पनि राज्यको मुख्य तहमा पुग्ने नेतृत्वले गम्भीरताका साथ यस्ता बिषयलाई प्राथमिक्तामा नराख्दा पुस्तकालय विकास ओझेलमा पर्ने गरेको बताउनु भयो ।
पुस्तकालयको विकासको लागि आयोजित नागरिक बहस कार्यक्रममा उहाँले संगम सामुदायीक पुस्तकालयको विकासको लागि आफ्नो स्थानमा सक्दो सहयोग गर्ने बताउनु भयो । डा. खड्काले सो क्रममा विशेश्वर प्रसाद कोइरालाद्धारा लिखित विभिन्न उपन्यासहरु संगम सामुदायीक पुस्तकालयलाई हस्ताणतरन गर्नु भएको थियो ।
कार्यक्रमम त्रियुगा नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले स्थानिय सरकार पुस्तकालय विकास गर्नका लागि आफ्नो स्थानबाट प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिकाको विभिन्न क्षेत्रमा पुस्तकालयको शाखा विस्तार गर्नका लागि सुझाब दिनु भयो, उहाँले आफ्नो वडामा समेत पुस्तकालयको स्थापनाको लागि आफु लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल लाईब्रेरी फाउण्डेशनका प्रतिनिधि तथा संगम सामुदायीक पुस्तकालयका संस्थापक धनकुमार श्रेष्ठले आफुले अध्यान गरेको पुस्तकहरु हस्ताणतरन गर्नु भएको थियो । कार्यक्रममा सामाजिक क्षेत्रका अधिकारकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो । संगम सामुदायीक पुस्तकालयलाई देशकै नमुना पुस्तकालयको रुपमा विकास गर्नका लागि सबै क्षेत्रका साथ र सहयोग लिएर अघि बढ्ने योजना रहेको र सार्वजनिक चासोको बिषयमा नागरिक बहस संचालन गरिने पुस्तकालय अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो ।

Last updated:2019 Sep 23 Monday 15:27:09

प्रतिक्रिया
सम्बन्धित समाचार