उपहार न्यूज
उदयपुर भाद्र ३१
जिल्लामानै नमुना विद्यालयको रुपम विकास गर्ने उद्देश्यका साथ अघिबढाईएको उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दिर माध्यमीक विद्यालयका बालबालिकाहरुले विज्ञान सामाग्री प्रदर्शनी गरेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर बृद्धि संगै विद्यार्थीहरुले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न थालेका हुन्, त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर माध्यमीक विद्यालयका विद्यार्थीहरुले मंगलबार विज्ञानका नियममा आधारित रहेर निर्माण गरेका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरेका छन् । सामुदायीक विद्यालयका बालबालिकाहरु पढाई संगै विभिन्न रचनात्मक क्रियाकलापमा प्रतिभाशाली छन् भन्ने उदाहारण यतिवेला बालमन्दिर माविका विद्यार्थीहरुले प्रमाणित गरेका छन् । सातौ राष्ट्रिय विज्ञान दिबशको अबसरमा विद्यार्थीहरुले एक महिना अघिबाट तयारी गरेका विभिन्न सामाग्री तथा कला प्रदर्शनी गरेका हुन् ।
विद्यालयका परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रयोगशाला विभिन्न सामाग्रीहरु प्रस्तुत गरेका थिए । बालबालिकाहरुले विज्ञान संग संबन्धित विभिन्न सामाग्रीको प्रयोग गरेर आकर्षक सामाग्रीहरु प्रदर्शनी गरेका छन् । सिमित साधन र स्रोतका विच संचालन हुदै आएको बालमन्दिर माविमा पछिल्लो समय शैक्षिक गुणस्तर बृद्धि संगै बालबालिकाहरुले समेत रचनात्मक क्रियाकलापमा जोड दिएका छन् ।
विद्यालयमा अध्ययन संग संगै आफ्नो कला प्रदर्शनीको लागि विज्ञान दिवशको अबसर पारेर विद्यार्थीहरुले विभिन्न सामाग्रीहरु निर्माण गरेर प्रदर्शनी गरेको विद्यार्थी दिप खत्रीले बताए ।
यस किसिमको कार्यक्रबाट बालबालिकाहरुमा विज्ञान तथा अन्बेषण संबन्धि ज्ञानको बृद्धि हुने बालमन्दिर माविका विज्ञान शिक्षक सरद चौधरीले बताउनु भयो ।
विद्यार्थीहरुलाई किताबी ज्ञान संगै चौतर्फी विकासको लागि विद्यालयमा यस किसिमको कार्यक्रम संचालन हुदाँ शिक्षा रचनात्मक र सृजनात्ममक हुने विश्वास गर्न सकिने विद्यालयका प्रध्यानध्यापक जंग बहादुर खड्काले बताउनु भयो । नमुना माध्यमीक विद्यालय बनाउने योजना अनुरुप अघि बढेको विद्यालयमा शिक्षक कोटा सिमित हुदाँ समस्या भोग्नु पर्ने अबस्था रहेको प्रअ खड्काले बताउनु भयो ।
विद्यालयमा पछिल्लो समय शैक्षिक गुणस्तर बृद्धि भए संगै विद्यार्थीहरुले विभिन्न परिक्षमा उत्कृष्ट नतिजा हासिल गर्न थालेको प्रअ खड्काले बताउनु भयो । २०७५ सालको एसईई परिक्षामा बालमन्दिरमा अध्यानरत विद्यार्थी निशान खड्काले जिल्ला प्रथम हुन सफल भएका थिए । त्रियुगा नगरपालिकाले बाल दिवशको अबसर पारेर आयोजना गरेको एक कार्यक्रममा जिल्ला प्रथम हुन सफल निशान खड्कालाई पुरस्कृत गरेको थियो । उनले एसईई परिक्षामा ३.९ जिपिए ल्याएका थिए, छात्रा तर्फ बालमन्दिर माबिक जेसिका खड्का त्रियुगा नगरपालिका क्षेत्रबाट प्रथम हुन सफल भएकी थिईन उनेले जिपिए ३.६ ल्याएकी थिईन् ।