उपहार न्यूज
उदयपुर असार ११
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ का स्थानिय बालबालिकाहरुलाई बाल अधिकार संबन्धि सचेतनामुलक तथा मनोविमर्श कार्यक्रम सम्पन्न गरिएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ को आयोजना तथा पानस उदयपुरको सहजीकरणमा बालबालिकाहरुलाई बाल अधिकार संबन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
उदयपुरगढी गाउँपालिकाको ७ को बलान आधारभुत विद्यालय र माध्यमिक विद्यालय हाडेवासमा दुई दिवशीय बाल अधिकार संबन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । बालबालिकाहरुलाई बाल अधिकार संबन्धि सचेतना जगाउने तथा बाल मनोविज्ञान संग संबन्धित बिषयमा आधारित रहेर प्रशिक्षण दिईएको थियो । बलान आधारभुत विद्यालयका ६० जना र माध्यमिका विद्यालय हाडेवासका ६० जना गरी कुल १२० जना बालबालिकाहरुलाई प्रशिक्षण दिईएको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिनु भयो ।
बालबालिकाहरुलाई बरिष्ठ मनोविमर्शकर्ता रन्जना ताजपुरीया पानस उदयपुरका सहजकर्ता विश्वराज तामाङ र किरण प्रसाद ढुंगानाले सहजीकरण गर्नु भएको थियो ।

वलान आविमा बाल क्लब गठन
यसै विच बलान आधारभुत विद्यालय उदयपुरगढी ७ मा विद्यालय स्तरीय बाल क्लब गठन गरिएको छ । बाल क्लबको अध्यक्षमा सुजन खड्का, उपाध्यक्षमा शान्ता जोगी, सचिवमा लोचन मगर, सह सचिवमा सन्जीता लायोमगर, कोषाध्यक्षमा मोहन राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हिमन पुलामी मगर, पवन मगर, देवीमाया मगर, लाल बहादुर पुलामी, भावना विक, स्मृती लायोमगर, दिल कमारी मगर र पुरन मगर चयन भएका छन् भने विनोद मगरलाई संरक्षक शिक्षक तोकिएको छ ।