देवराज राई-
उदयपुर । रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका उदयपुरबासी श्रमिकहरुको छाता संगठन ‘उदयपुर सेवा समाज दक्षिण कोरिया’को तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । राजधानी सउलमा आईतबार सम्पन्न विशेष अधिवेशनले उमेशकुमार राई अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्षद्धय नवराज कार्की र उमेश बस्नेत चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारीमा भने जितन राई चयन भएका छन् । सचिव मोहन दनुवार, कोषाध्यक्ष समर्पण मगर र सहकोषाध्यक्षको जिम्मेवारी पवन राईले पाएका छन् ।

त्यस्तै सदस्यहरु सन्तोष राई, साजन राई, आशिष मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरज किराँती, तिलक मगर, रमेश खड्का र मनकुमार राई सदस्यमा छनोट भएको महासचिव जितनले जानकारी दिए । त्यस्तै ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा कमानसिंह राई, कनक राई, निकेश आले, संजीव राई, गगन राई, मधुकर राई र चित्रकुमार बस्नेत रहेका छन् ।
महासचिव राईका अनुसार संस्थाको नियमित अधिवेशन यसअघि नै हुनुपर्ने भएपनि विशेष कारण स्थगित हुँदै आएको थियो । पछिल्लो पटक कोरम सदस्य संख्याको उपस्थिती भएपछि अधिवेशन सम्पन्न भएको हो । नयाँ नेतृत्व चयनसँगै समितिको पहिलो बैठक समेत बसेको छ । बैठकले संस्थाको नयाँ लोगो र बिधान संशोधन, आबद्ध भएकाहरुबाट लेवी व्यवस्थापन र नियमित बैठक मिति तयलगायत विषयमा छलफल भएको थियो ।
बैठकको निणर्य अनुसार अब संस्थाको लोगोभित्र उदयपुरको प्रमुख धार्मिकस्थल रौतापोखरीको तस्वीर अंकित हुनेछ । त्यस्तै भर्चुअल बैठक मासिक र त्रैमासिक प्रत्यक्ष (भौतिक उपस्थितीमा) बैठक रहनेछ । कोरियामा कार्यरत उदयपुरे श्रमिकहरुको हकहितको उद्देश्यले ‘उदयपुर सेवा समाज द. कोरिया’ सन् २०१७ मा स्थापना भएको थियो ।
