उपहार न्यूज
उदयपुर माघ २४
रौतामाई गाउँपालिका वडा नम्बर ७ मा लागुऔषध दुव्र्यसन बिरुद्ध तथा वाल विवाह न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय किशोर किशोरीहरुलाई लागुऔषध दूव्र्यसन बिरुद्धको सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम मंगलबार रौता जनता क्याम्पस र जनता नमुना मावि मुकुर्चीमा आयोजना गरिएको हो ।
पानस उदयपुरको सहजीकरण जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वय तथा रौतामाई गाउँपालिका वडा नम्बर ७ को सहयोग तथा समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा एक सय बढि किशोर किशोरीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा लागुऔषध र त्यसको प्रयोगबाट हुने असर, लागुऔषध प्रयोग तथा ओसार पसार गर्नेलाई कानुनी कारबाहिको व्यवस्थाको बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुकार प्रहरी नायव निरिक्षक गंगाराम राई र वाल विवाहका असर तथा न्यूनिकरणको अभियानको बिषयमा प्रहरी निरिक्षक विद्यालाल कुमार साहले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बरिष्ठ मनोविमर्शकर्ता रन्जना ताजपुरीयाले वाल विवाह र यसबाट मानसिक रुपमा पर्ने असरको बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा उदयपुर कलाकार समाजका अध्यक्ष असोक शिवाले सांगीतिक प्रस्तुती मार्फत लागुऔषध दूव्र्यसनी बिरुद्ध सचेतनामुलक प्रस्तुती राखेका थिए । रौतामाई गाउँपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष मनोजकुमार रानाले स्थानिय युवाहरुको सशक्तिकरण तथा लागुऔषधको दुव्र्येसनबाट युवाहरुलाई जगाउनको लागि यस्तो अभियानलाई निरन्तर संचालन गर्ने बताउनु भयो ।
जनता नमुना मावि मुकुर्चीका प्रधानध्यापक खड्ग बहादुर थापाले विद्यालय स्तरका बालबलिाकाहरुलाई किताबी ज्ञान संगै सामाजिक बिषयबस्तुमा समेत जानकारी दिनु आफैमा राम्रो कार्य रहेको बताउनु भयो । कार्यक्रममा पानस उदयपुरका अध्यक्ष तथा पत्रकार विश्वराज तामाङ, रौता स्पोटर्स क्लबका अध्यक्ष हरी आलेमगर, पत्रकार टेकराज रिखाम मगर लगायतको उपस्तिथी रहेको थियो ।