Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरे कलाकार सीताराम केसी र एन्जीला कार्कीद्धारा अभिनित ‘पराई भूमि’ युट्युबमा सार्वजनिक

  • उपहार न्यूज
  • शनिबार, माघ ६ २०८०
उदयपुरे कलाकार सीताराम केसी र एन्जीला कार्कीद्धारा अभिनित ‘पराई भूमि’ युट्युबमा सार्वजनिक

उदयपुर, माघ ६ ।
स्थायी घर उदयपुर भई बैदेशिक रोजगारीमा संघर्ष गर्दै लामो समयदेखि गीत संगीत र कलाकारिता क्षेत्रमा आबद्ध सीताराम केसी र एन्जीला कार्कीद्धारा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । डम्मरचन्द्र बगरको शब्दलाई शान्ति श्रीपरियार र रमेश शेसीको स्वरबद्ध गीतको म्यूजिक भिडियो शिव हमाल नामक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मोडल केसीको आफ्नै निर्देशनमा निर्मित म्यूजिक भिडियो भविन तामाङ र दीलिप यादवले खिचेका हुन् । त्यस्तै ठाकुर राईको डूोन सटलाई राजकुमार मगरले दृष्य सम्पादन गरेका हुन् । रमेश शेसी र सीताराम केसीकै कन्सेप्टमा तयार पारिएको म्यूजिक भिडियोलाई नविन परियार, मलेसियाबाट चन्द्र छिदाल, सुमन सिटौला, बशन्त, सुमन, कल्पना विक, सविना सुबेदी र नन्दकुमारी कार्कीलगायतले विशेष सहयोग गरेको निर्माण पक्षको भनाई छ ।

त्यस्तै भिडियोका गुप्त खत्री, स्वतिका खत्री, दीपक बस्नेत र सावित्रा बस्नेतलगायतले पनि सहकलाकारको भूमिका निर्वाह गरेको देख्न सकिन्छ । पराई भूमि एल्वमको शीर्ष गीत भने ओजन स्टुडीयोमा रेकर्ड गरिएको थियो । अर्जुन थापाको एरेन्जलाई बिमल छिनालले मिक्सीङ मास्टरिङ गरेका छन् भने रेकर्डिस्टको भूमिकामा बिमल छिनाल नै रहेका छन् । विद्युतीय माध्यमबाट म्यूजिक भिडियो सार्वजनिक भएलगतै सकारात्मक प्रतिक्रियाहरु आइरहेको मोडल केसीको भनाई छ । गायन, संगीतकार र नृत्य निर्देशकको रुपमा चिनीने उनले यसअघि पनि थुप्रै गीतहरुमा अभिनय गरिसकेका छन् ।

भिडियो हेर्नुहोस् ।

Last updated:2024 Jan 22 Monday 12:51:37

प्रतिक्रिया
सम्बन्धित समाचार