उदयपुर, पुस ६ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई काठमाडौँं महानगरपालिकाले एक थान एम्वुलेन्स उपलब्ध गराउने भएको छ । मेयर बालेन साह रहेको काठमाडौं महानगरपालिकाले केही महिनाअघि देशको बिभिन्न पालिकाहरुमा आवश्यकता अनुसार बिरामी ओसारपसार सहजताका लागि एम्बुलेन्स दिने निणर्य गरेको थियो । जसका लागि तोकिएका केही प्रक्रिया र प्राबधान पूरा गर्ने सूचीमा उदयपुरको भौगोलिक बिकट क्षेत्र लिम्चुङबुङ समेत सूचीकृत भएको हो ।
गाउँपालिकाहरुमा महानगरले वितरण गर्ने भनिएको एम्वुलेन्स प्राप्त गर्न लिम्चुङबुङले सम्पूणर् प्रक्रिया पूरा गरेकाले छनोटमा परेको हो । एम्वुलेन्स वितरण मापदण्ड अनूरुप लिम्चुङबुङ गाउँपालिकाले मापदण्ड पुरा गरेको भन्दै एम्वुलेन्स उपलब्ध गराउने माहानागरले जनाएको छ । सो निणर्य मंसिर १५ गते निणर्य भएको काठमाडौं महानगरपालिकाको स्वास्थ्य बिभाग प्रमुख रामपूसाद गौतमद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
लिम्चुङबुङलाई उपलब्ध गराइने सवारी साधन लिन राष्ट्रिय एम्बुलेन्स निर्देशिका २९७८ अनुसारको प्रक्रिया पूरा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुटको व्यवस्था मिलाई सम्पर्क गर्न भनिएको छ ।
महानगर स्वास्थ्य बिभागले दिएको जानकारी अनुसार उदयपुरको लिम्चुङबुङलाई दिन लागिएको एम्बुलेन्स ‘ख’ वर्गको हो । जसका लागि दफा ५ अन्तर्गत सम्पूणर् प्रक्रिया पूरा गरी जिल्ला, प्रदेश र राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट संचालनका लागि अनुमति समेत लिनुपर्ने प्रावधान रहेको उल्लेख छ । राष्ट्रिय निर्देशिका २०७८ को दफा १३ अनुसार राजस्व छुटका लागि प्रक्रिया पुगेसँगै माघ मसान्तभित्र एम्बुलेन्स लिम्चुङबुङ ल्याइने पालिका अध्यक्ष मेजर राईको भनाई छ ।