Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एक महिना देखि खुल्ला आकासमा विद्यार्थी

  • उपहार न्यूज
  • मंगलबार, भाद्र १७ २०७६
एक महिना देखि खुल्ला आकासमा विद्यार्थी

उपहार न्यूज
उदयपुर भाद्र १७
उदयपुरको ताप्ली गाउँपालिका ४ ठानागाउँ स्थित महेन्द्र आधारभुत विद्यालय सोरुङ पोखरी विद्यालयका विद्यार्थीहरु एक महिना देखि खुल्ला आकासमा पठनपाठन गर्न बाध्य भएका छन् । श्रावण २२ गते आएको हावाहुरीले विद्यालयको छानो उडाउदा विद्यार्थीहरु खुल्ला आकासमा पढ्न बाध्य भएका छन् ।
कक्षा १ देखि ४ सम्मका बालबालिकाहरुले एक महिना देखि खुल्ला आकाशमा बसेर पढ्नु पर्दा चर्को घाम र पानी पर्दा पढाई समेत प्रभावित हुने गरेको विद्यालयका शिक्षक मिलन लो तामाङले जानकारी दिनु भयो ।

विद्यालय भवनको छानो उडाएको बिषयमा स्थानिय निकायहरुमा जानकारी गराउदा समेत कुनै पनि चासो नदेखाईदा विद्यार्थीहरु खुल्ला आकासमा बसेर पढ्न बाध्य भएको तामाङले जानकारी दिनु भयो ।
विद्यालयको छानो नभए पछि सास्तीका विच पढाई हुन थाले पछि विद्यार्थी समेत नियमीत विद्यालय आउन छाडेका छन् ।
विद्यालयको छानो उडाए पछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी ताप्ली गाउँपालिका शिक्षा शाखा लगायत संबन्धित निकायमा मर्मतको लागि प्रहरी मुचुल्का समेत उठाई आवश्यक कागजात सहित निवेदन दिईए पनि मर्मत गर्ने आश्वासन दिईए पनि हाल सम्म मर्मत नभएको तामाङले जानकारी दिनु भयो ।

विद्यालयको स्थलगत अवलोकन गर्नका लागि जनप्रतिनिधिहरुलाई पटक पटक आग्रह गरिए पनि जनप्रतिनिधिहरुले सो बिषयमा कुनै चासो नदेखाएको विद्यालय स्रोतले जनाएको छ ।
२०१९ सालमा स्थापना भएको विद्यालयमा दुई सय ५० विद्यार्थीहरु अध्यानरत छन्, पानी परेको समयमा एउटै कक्षा कोठामा विद्यार्थीहरुलाई बहुकक्षा शिक्षण गर्नु पर्ने बध्यता समेत रहेको विद्यालयले जनाएको छ । (त्रियुगा एक्सप्रेस दैनिकाबाट)

Last updated:2019 Sep 03 Tuesday 14:32:28

प्रतिक्रिया
सम्बन्धित समाचार