सिन्ताङ, मंसिर ४ ।
पूर्व गृहमन्त्री रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खोटाङ बराहपोखरी गाउँपालिका कमिटिको पहिलो बैठडक वडा नम्बर ३ सिन्ताङमा सम्पन्न भएको छ । केन्द्रिय सदस्य रमेश प्रसाई, कोशी प्रदेश महामन्त्री लालविक्रम थापा र खोटाङ जिल्ला सभापति रबिन्द्र ओझालगायतको उपस्थितीमा कमिटि गठन गरेको थियो ।
पालिका संयोजक प्रशान्त अधिकारी ‘प्रकाश’ को अध्यक्षतामा बसेको पहिलो पूणर् बैठकले सामाजिक सञ्जालमा पार्टीसँग जोडिएका विषयबारे समेत छलफल भएको थियो । सो क्रममा पार्टीको आधिकारिक धारण समेटिएका समाचार तथा बिचारहरुबाट मात्र सुसूचित हुन सदस्यहरुलाई आग्रह गरिएको छ ।
त्यस्तै बैठकले यसअघि रुपा श्रेष्ठको रिक्त सहसंयोजक पदमा कमला तामाङलाई जिम्मेवारी दिने निणर्य गरेको छ । पार्टी सदस्यता बितरण र पालिकाको सबै वडाहरुमा कमिटि बिस्तारका लागि जिम्मेवार व्यक्ति तोक्ने विषयमा समेत बैठकमा सहभागीहरुबीच छलफल भएको सचिव नगेन्द्र बन्जारा ‘राजेश’ले सामाजिक सञ्जालमा निणर्यहरु सार्वजनिक गर्दै जानकारी दिएका छन् । जसअनुसार स्थानीय स्तरसम्म पार्टी संगठन बिस्तार गर्न पालिकाको ६ वटै वडामा एक जना संयोजक तोकिएको छ ।
वडास्तरीय कमिटि गठनका लागि १ नम्बर वडामा कुलबहादुर तामााङ, वडा नम्बर २ का लागि सन्तोष बास्तोला, वाड नम्बर ३ गंगाप्रसाद निरौला, वडा नम्बर ४ का लागि दलबहादुर श्रेष्ठ र ६ नम्बर वडाका लागि बाबुराम खड्कालाई संयोजक तोकिएको छ । यता वडा नम्बर ५ मा प्रसान्त अधिकारी र पालिका सचिव नगेन्द्र बन्जारालाई जिम्मेवारी दिने निणर्य भएको उल्लेख छ । एकादसी लगत्तै जनताको गुनासो संकलन कार्यक्रमसहित वडास्तरीय कमिटि गठनको कामलाई तीब्रता दिने बताइएको छ ।