उपहार न्यूज
उदयपुर मंसीर १
त्रियुगा उद्योगा वाणिज्य संघले आगामी फागुनमा १० दिने प्रदेश स्तरीय पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । प्रदेश संगै उदयपुर जिल्लाको व्यवसायीक तथा पर्यटनको प्रशद्र्धन गर्ने उद्देश्यले वाणिज्य संघले लामो समय पछि महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष रमेश रसाईलीले जानकारी दिनु भयो ।
संघको शुक्रबार बसेको कार्य समितिको निर्णय अनुसार संघले फागुन १ देखि १० गते सम्म महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष रसाईलीले जानकारी दिनु भयो । महोत्सवको लागि अब आवश्यक तयारी तथा विभिन्न उप समितिहरु तयारी गरेर अघि बढ्ने तयारी रहेको अध्यक्ष रसाईले बताउनु भयो ।