Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरका गोपीकृष्णको शब्द र अभिनय, ‘झम्के साँझैमा’ सार्वजनिक

  • उपहार न्यूज
  • आइतबार, असोज २८ २०८०
उदयपुरका गोपीकृष्णको शब्द र अभिनय, ‘झम्के साँझैमा’ सार्वजनिक

उदयपुर, असोज २८ ।
बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरिया रहेका उदयपुरे कलाकार गोपीकृष्ण राईको शब्द र अभिनय रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका स्थायी घर रहको राईले परदेशी भूमिबाटै ‘झम्के साँझैमा’ गीतको म्यूजिक भिडियो ल्याएका हुन् ।

म्यूजिक भिडियोमा उनको यो तेश्रो अभिनय हो । यसअघि पनि राईले गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्न ब्रिटिसको लाहुरे’ गीतमा अभिनय गरेका थिए । जुन बेरोजगारीको पीडाबाट प्रताडित युवाहरुको प्रतिनिधित्व गर्ने शब्दको रुपमा मन सर्वत्र रुचाइएको थियो ।

 

 

 

त्यस्तै राई इज किङ राजेशपायल राईको स्वरमा ‘परदेशिलाई प्यारो लाग्छ’ भन्ने गीतमा समेत उनले अभिनय गरिसकेका छन् । गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो अघिल्लो दिन सार्वजनिक भएको हो ।

उदयपुरकै मनिष श्रेष्ठको संगीत र आवाजमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् । मोडल सुस्मीता गुरुङले नृत्य निर्देशन समेत आफै गरेका गोपीकृष्णलाई साथ दिएकी छन् । गीतको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ ।

सोनाम प्रबिन पराजुलीले कैद गरेको दृष्यलाई मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् । रोजगारीको सीलसिलामा बिदेश रहेका उनले गीतको म्यूजिक भिडियोपछि सकारात्मक प्रतिक्रियाहरु आईरहको जानकारी दिए ।

क्लीक गरेर हेर्नुहोस् म्यूजिक भिडियो-

प्रतिक्रिया
सम्बन्धित समाचार