Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर भुट्टारका नेत्रबहादुरले वडाध्यक्षबिरुद्ध दिएको उजुरी, पालिका अध्यक्षको पहलमा माफी मगाएपछि टुंगीयो बिबाद

  • उपहार न्यूज
  • शनिबार, असोज २७ २०८०
उदयपुर भुट्टारका नेत्रबहादुरले वडाध्यक्षबिरुद्ध दिएको उजुरी, पालिका अध्यक्षको पहलमा माफी मगाएपछि टुंगीयो बिबाद
उदयपुर । नागरिकले आफ्ना मुद्धाहरु निकायसम्म पुर्‍याउने माध्यमका रुपमा पनि जनप्रतिनिधिहरु चुनेका हुन् । तर कहिलेकाही सोही जनप्रतिनिधिकै गतिबिधिका कारण आफूलाई असहज महसुस भए उनीहरु अर्को बाटो पैल्याउन विवश हुन्छन् ।
उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा पनि यस्तै घटना भएको छ । जनप्रतिनिधिबाट पिल्सीएर न्याय माग्न जिल्ला प्रशासन कार्यालय र प्रहरीसम्म पनि पुग्सिकेका एक स्थानीयको घटना अन्तत उही स्थानीय सरकारकै पहलबाट समाधान भयो ।
घटना यस्तो थियो । गाउँमा मन्दिर निर्माणका लागि पालिकाले ११ लाख बजेट बिनियोजन गर्‍यो । सोही मन्दिर निर्माण गर्न सामग्री ढुवानी बाहेक ४ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी रौतामाई २ का स्थानीय नेत्रबहादुर विकले ठेक्का पाए । उनले २०७८ माघ १० गतेदेखि सुरु गरी चारमहिनाभित्र तयार पारेर समितिलाई हस्तान्तरण गरे ।
सोही मन्दिर निर्माण समितिका तत्कालिन अध्यक्ष थिए रौतामाई गापा २ नम्बर वडाका वर्तमान अध्यक्ष होमबहादुर दाहाल । वर्तमान वडाध्यक्ष (जनप्रतिनिधि) नै मन्दिर निर्माण समितिको प्रमुख रहेको समयमा केही महिनापछि नेत्रले १ लाख ६८ हजार भुक्तान पाए ।
समय बित्दै गयो । नेत्रले पारिश्रमिक बापतको बाँकी २ लाख ३२ हजार बारम्बार माग गर्न थाले । यता वडाध्यक्ष होमबहादुरले पनि भुक्तानीको सट्टा ढिलाई लम्ब्याउदै गए । निर्माण कार्य सम्पन्न भएर पनि मन्दिर हस्तान्तरण भएको लगभग दुई वर्ष बितिसक्दा पनि पारिश्रमिक नपाएपछि उनले पछिल्लो समय करिब महिनादिन अघि बाँकी रकम माग्न गए । तर, भुक्तानीको सट्टा वडाध्यक्षले आफूलाई राजनीतिक पहुँचको त्रास देखाउदै जातिय बिभेद हुने गरी अमर्यादित शब्द प्रयोग गरेर धम्क्याएको नेत्रबहादुरको गुनासो छ ।
यसरी तत्कालिन मन्दिर निर्माण समितिको जिम्मेवार रहेका वर्तमान वडाध्यक्षले आफ्नो रकम सजिलैसँग नदिने बुझेका नेत्रबहादुर भुट्टारबाट सीधै जिल्ला प्रशासन कार्यालय उदयपुर आएर उजुरी गरे । उनको उजुरीप्रति सत्यतथ्य बुझ्न र कानुनी प्रक्रिया अगाडि बढाउन भन्दै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठायो । हुँदा हुँदै मन्दिर निर्माण र पारिश्रमिक नदिइएको घटना अब जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो । लगत्तै मुद्धा अगाढि बढ्ने चरणमा थियो ।
घटनामा आफ्नै वडाध्यक्ष दाहाल संलग्न रहेको पत्तो पाएपछि रौतामाईका पालिका अध्यक्ष वीरेन्द्र मगर जिल्ला प्रहरी कार्यालय पुगे । उनले आफ्नो पालिकाको बिबाद एक पटक आफ्नै रोहबरमा साम्य पार्ने प्रतिबद्धता जनाउदै प्रहरीमा छलफलका लागि ल्याइएको त्यो उजुरी स्थानीय सरकारमै फर्काएर लगे । पालिका अध्यक्ष मगरको आस्वासनबाट आशाबादी रहेका पीडित नेत्रबहादुरले पनि सोही प्रस्ताव स्वीकारे ।

नेत्रबहादुरले ४ लाखमा ठेक्का लिएर निर्माण सम्पन्न गरेको मन्दिर ।

जिल्ला प्रहरी कार्यालयमा १० दिनभित्र समस्या सोल्झ्याउने जनाइएको प्रतिबद्धता अनुसार पालिका अध्यक्षले ९ दिनपछि आफ्नै कार्यकक्षमा छलफल गराएर मिलाइएको थियो । पीडित नेत्रबहादुरका अनुसार पारिश्रमिक माग्दा उल्टै धम्कीको भाषामा गालीगलौज गर्ने वडाध्यक्षले सार्वजनिक रुपमा माफी मागेका थिए । माफी मागेसँगै आफूले पाउनुपर्ने बाँकी रकम समेत भुक्तान भएपछि आफूले न्याय पाएको महसुस गरेको नेत्रबहादुरले बताए ।
पालिका अध्यक्ष वीरेन्द्रसँगै उपाध्यक्ष भुपेन्द्र थापा, पूर्वप्रधानपञ्च झनकबहादुर शाही, भुट्टार प्रहरी चौकीका इन्चार्ज, मन्दिर निर्माणका लागि दाता स्थानीय गोपाल दाहाल लगायतको उपस्थिती रहेको छलफलमा अबदेखि दाहालबाट त्यस्तै व्यवहार दोहोरिए पटके कसुरमा कानुनी उपचार हुनेसमेत उल्लेख छ । यसरी स्थानीय जनप्रतिनिधि स्वयं पनि कतिपय घटनामा पीडतको रुपमा देखिएका छन् । तर, जनप्रतिनिधिकै सुझबुझले (रोहबर) मा समेत छलफल हुँदा साना देखिए पनि भित्रभित्रै ठूला हुँदै जाने घटना र त्यसबाट हुने सम्भाबित झन्जट टर्ने गरेको छ । त्यसैगरी स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुको तजविज र पहलबाट पनि अधिकांस मुद्धाहरुमा नागरिकले न्याय अनुभूति गर्ने विस्वास बढेको नेत्रबहादुर बताउछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार