Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

इजरायल रणमैदानबाट उदयपुरे चेलीको आफन्तलाई चिठी

  • उपहार न्यूज
  • सोमबार, असोज २२ २०८०
इजरायल रणमैदानबाट उदयपुरे चेलीको आफन्तलाई चिठी

ईजरायल देश यस्तो छ यहाँ पुरुषभन्दा महिला, बालबालिकाको हकअधिकार बलियो छ । यो देशमा काम ठूलोसानो भेद छैन। यहाँ मात्र काम गरेको छ कि छैन, हेरिन्छ। के काम गर्छ, सोध्दैनन् । यहाँ सरकारी कार्यालय, अस्पताल,बैंक र अन्य ठाउँका कर्मचारीहरु सर्वसाधारण सँग अत्यन्त नम्र व्यवहार गर्छन यहाँका अधिकांश जनता आफ्नो कारणले अरुलाई दुःख सहन नपरोस् भन्ठान्छन् । यहाँ कोही खान नपाएर मर्नु पर्दैन, उपचार नपाएर मर्नु पर्दैन, हामीहरू बिदेशी कामदार भए पनि यहाँको नागरिक सरह हक पाउँछन्। यहाँ रात दिन जति बेला बाहिर हिँड्दा कत्ति पनी डर छैन । एउटा महिलामाथि कुनै पुरुषले दुर्व्यबहार/अपशब्द हुदैन यहाँको नियमकानुन जनताको भावना र मर्म अनुसार परिवर्तन भइरहन्छ। जनताहरु कानूनको फलो गर्छ । जो व्यक्ति आफ्नो देश, आफन्त, परिवार, छोडेर परदेश लाग्छ, यो कुनै सहज परिस्थितिले होइन । हामी हजारौँको संख्यामा नेपाली महिलाहरुको कर्मथलो इजरायल हो । यहाँका सरकार र जनताले हामीलाई कहिल्लै नभुल्ने नसकीने गुन लगाएका छन्। हामी देश छोडेर परदेशमा खुसीले आएका होइनौँ,बाध्यताले आएका हौ

यहाँ भेटघाटको बेला साथीहरुसँग भलाकुसारी गर्दा धेरै नेपाली महिलाहरुसंग कुरा हुने गर्छ हामी सबैको पीडा एउटै छ आफ्नो देशको परिस्थिति, राजनीतिक अस्थीरता, महंगी, भ्रष्टाचार, बेरोजगारी समस्याबाट पीडित भएर नै परदेशिन बाध्य भएको पाइन्छ । म पनि यही विविध कारणले विगत १६ वर्षदेखि यही भूमिमा कर्म थलो गरिरहेकी छु । इजरायलमा कार्यरत नेपाली दाजुभाइ, दिदीबहिनी खुलेर सहयोग गर्नुहुन्छ, नेपालमा कुनै रोगबाट पीडित होस् । या बाढीपीडित, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा । हामी सबै नेपाली चाहन्छौँ, हाम्रो समाज र देश समृद्ध बनोस्, हामीले जस्तो नया पुस्ताले आफ्नो पसिना बेच्न परदेशिन नपरोस् । यतिखेर बिश्वभर ईजरायल र प्यालेस्टाईन बिचको चर्चा परी चर्चा चलिरहेको युद्धको बारेमा शुरू गरौ । प्यालेसटाईन हमासको क्रियाकलाप देख्दा एउटा उखान टुक्का जस्तै छ जून थालमा खानु त्यहिं थालमा थुक़्नु भने झै प्यालेस्टाइनको गाजा शहरलाई इजरायलबाट बिजुली, पानी, खाद्यान्न, औषधि इत्यादी महत्वपूणर् सामग्रीहरु जान्छन् । प्यालेसटाईनहरुलाई ३०/४० औ हजारलाई जागीर दिएको छ यसरी यताबाट यी आधारभूत चिजहरु नगए त्यहाँको जीवन अस्तव्यस्त ठप्प हुन्छ । ठेट नेपाली भाषामा भन्दा खाएकै थालमा वमन गर्नु हो, उनीहरुले यसरी निहुँ खोज्नु ।

यतिखेर चलिरहेको युद्धको सुरुवात उनीहरुबाट नै भएको हो । हमासले जुन मुर्खतापूणर् युद्ध लल्कार्दै छ त्यसको परिणाम
सर्बसाधारणले भोगिरहेका छन् । अब शुरू गरौ अक्टूबर-७ तारीख शनिबारको ईजरायलको समय अनुसार बिहान ६ः३० बजे तिरको घटना हो स्थानीय ब्यक्तिहरुलको भनाईं अनुसार ईजरायली यहूदीहरुको चाड अन्तिम दिन सुकोत पर्व थियो शुक्रबार र शनिवार यहूदीहरुको सबैतिर बन्द हुन्छ त्यसैको मौकाको फाईदा उठाउदै आतंबादीको हमासहरुले बिहानपख गाजा र ईजरायल बिचको बोडरमा एउटा गाऊ छ हिब्रु भाषामा किबुज भन्ने गर्छ । त्यो किबुजमा म्यूजिक फेस्टिवल रहेछ शुक्रबारको रातभरी लगभग ३,००० को संख्यामा ईजरायली यहूदीहरु १५ देखी ३० बर्ष उमेर समूहको यूबा युवतिहरु फेस्टिवलमा भिड़भाडको साथले डान्स गरी रहेको रहेछ बिहानी पख शनिवार ६ः३० बजे तिर अन्दाधुन्दा आतंबादी समूह हमासहरुले आक्रमण समुन्द्र मार्गबाट प्यारसूटको मार्गबाट सुरूंग मार्ग बाट प्रवेश गरेर बोडरको सिमामा आर्मी र प्रहरी बिटलाई नियंत्रण लिए ।

गेटहरु सबै डोजरले फोरेर हुलदंगा हमास समूहको भिडहरु जीप,बाइक,प्याराडाईजको माध्यमबाट ईजरायल भित्रको सिटीहरु ःआस्केलोन,आस्दोत,नीतिबोट,ओफ़किम,स्देरोत,बेरसेवा र किरात घाततिर आक्रामण गरीयो घरेलू हतियार,भाला,छुरी र गन सहित सबै भन्दा बढी स्देरोत,नीतिबोट,ओफ़किम र किबुजमा अन्दाधुन्दा हतियारले आक्रमण गरी बाटो बाटोमा हिडीरहेको जनताहरुलाई ठाउको ठाउमा गोली बरस्यायो घर घरमा झ्याल ढोका फुटाएर भित्र पसेर बृद्ध,बृद्धाहरु,बच्चाहरु महिलाहरु माथी गोली ठोकी क्रूर तरिकाले हत्या गरिएको छ मानव अधिकार हनन भएको छ । ओफकिम भन्ने सिटीको नगर प्रमुखलाई नै हत्या गरिएको छ यो घटना झन्डै नेपालको कैलाली जिल्लामा भएको घटनासंग मिल्दो जुल्दो भन्दा झनै भयानक तनावग्रस्त स्थिति रहेको स्थानीय टेलीभीजन समाचारको रिपोर्ट अनुसार अहिले सम्म ईजरायलीहरु २४,०० सय भन्दा बढ़ी घाईते भएको ७,०० भन्दा बढी ईजरायलीहरु मृत्युभईसकेको जनाएको छ । भने हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण गरेको पनि बताइएको छ । यता इजरायलको आक्रमणले गाजामा १ लाख २३ हजार बासिन्दा विस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इजरायलली सेनाले हवाई आक्रमण गर्दा गाजाक्षेत्रमा ४ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुर्‍याएको छ ।

यता नेपालीहरु १० नेपाली बिद्यार्थीहरु मृत्यु भईसकेको छ भने अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।४५,०० जती नेपालबाट कियर गिभर रूपमा आएको नेपालीहरु अवस्था भने हालसम्म सुरक्षित रहेको र कियर गिभरको रूपमा वर्किंग भिषामा आउनेहरु नर्सिंग होम वा प्राइभेंट होममा भित्र बसेर काम गर्नु भएकोले सुरक्षीत रहने छ । कृषिमा आउनेहरु खुल्ला आकाश मुनि काम गर्नु पर्ने भएको हुनाले अलिक बमबाट असुरक्षित हुन सक्छ तर सबै तिर असुरक्षित भन्न मिल्दैन ईजरायल र गाजा बिचको बोडर साउथतिरको साईडतिर आस्केलोन,आस्दोत बेरसेवा,नीतिबोट,किरातघात,स्डदेरोत र ओफकिम सिटीतिर सधै बमहरु बर्सी रहने हुदा अब दशै पछि लगत्तै सरकारी कोटाको जि टू जी कोटाबाट एक हजार भन्दा बढ़ी कोटाहरु खुलाउने कुरा गत हप्ता मात्र समाचारहरुमा प्राप्त भएको थियो अब आउने नेपाली कामदार भाईबहिनीहरुको म के सन्देश दिन चाहान्छु भने ईजरायल प्रवेश गर्नु भएपछि युद्ध भूमि ईजरायल र प्यालेसटाईन बिचको समय समयमा युद्ध भईरहने हुदा युद्धको बेलामा मिनट मिनटमा साउथतिर बमहरु बर्षि रहन्छ त्यो बेलामा धर्य धारणको साथ भई प्रत्येक घरहरुमा बृद्धा आश्रम,अस्पताल,मेडिकल सरकारी मापदण्ड अनुसार बमबाटसुरक्षित रहनको लागि सेल्टर वा बंकर बनाईएको हुन्छ ४० किमी गाजाबाट रकेट बम प्रहार गर्ने बित्तिकै ईजरायल तिरको कुन सिटी वा एरियामा बम झर्छ त्यो एरियामा साईंरन बज्ने भएको हुदा साईरन बज्ने बित्तीकै समयलाई खेर फालेर मजाग उड़ाउन हत्तार हत्तार बाहिर निस्केर माथी खुला आकास तिर फ़र्केर बम आको आवाजलाई उत्तानो फर्केर हेर्दै समय खेर फाल्दै टिकटक बनाउने,फोटो खिंच्ने र भिडियो बनाउने तिर लागिओ भने बम आफु माथी बज्रिनु पनी सक्छ त्येस करण ध्यानपूर्वक साईरन बज्ने बित्तीकै १ मिनट भित्र बम भूईमा झरी हाल्ने भएको हुदा समयलाई खेर नफाली तुरुन्त भित्र सेल्टर वा बंकर भित्र छिरी हाल्नु पर्छ बम भूईमा खसेपछि ठुलो आवाज आउछ डायम अनी मात्र फर्किएर आफनो नियमित कामलाई निरन्तर दिनुपर्छ यो नियम हामीले पालना गरियो भने हामी दुई देश बिचको युद्धको बेलामा बमबाट अकालबाट बच्न सकिन्छ ्र
कुनै पनि समस्या परे दूतावासमा सम्पर्क गर्न सूचना जारी गरिसकेको छ। यसका लागि हामी आभारी भएका छौ ।

  • माया घले
    स्थाई ठेगाना – उदयपुर
    हाल, १७ वर्षदेखि ईजरायलमा कार्यरत ।

Last updated:2023 Oct 09 Monday 16:36:46

प्रतिक्रिया
सम्बन्धित समाचार