Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरदेखि लहान गएकी महिला ११ दिनदेखि बेपत्ता, परिवारद्धारा खोजी गरिदिन आग्रह

  • उपहार न्यूज
  • सोमबार, असोज २२ २०८०
उदयपुरदेखि लहान गएकी महिला ११ दिनदेखि बेपत्ता, परिवारद्धारा खोजी गरिदिन आग्रह

उदयपुर, असोज २२ ।
उदयपुरदेखि सिराहको लहान जाने भन्दै घरबाट हिडेकी एक महिला बेपत्ता भएकी छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर- २ खोक्साकी ३९ वर्षीया धनकुमारी बुढाथोकी ११ दिनदेखि सम्पर्कबिहीन अवस्थामा रहेकी हुन् ।

श्रीमान् खीलबहादुर बुढाथोकीका अनुसार श्रीमति धनकुमारी यही असोज १२ गते शुक्रबार बिहान पौने १० बजेतिर घरबाट हिडेकी थिइन् । श्रीमति बेपत्ता हुनुभन्दा २ दिनअघि असोज १० गते बिहान ३५ सेकेण्ड कुराकानी भएको खीलबहादुरले बताए ।

श्रीमान् ६ महिनायता बैदेशिक रोजगारका लागि मलेसियामा छन् । ड्युटीबाट फर्किएर खाना पकाउदै गर्दा श्रीमतिले अन्तिम पटक फोन गरेको खीलबहादुरले जानकारी दिए । हराएकी धनकुमारीलाई माईत, नलनाता, इष्टभित्र सबैतिर खोजी कार्य भइसके पनि पत्ता लागेको छैन । आफन्तले उनको खोजीका लागि इलाका प्रहरी कार्यालय कटारीमा समेत जाहेरी दिएका छन् ।

दुई सन्तानकी आमा धनकुमारीसँग आफ्नो कहिल्यै पनि मनमुटाव नभएको श्रीमान् खीलबहादुरको भनाई छ । ‘बिवाह भएको २२/२३ वर्ष बितिसक्यो’ खीलबहादुरले भने, ‘अहिलेसम्म कसैले कसैलाई एक बचन नराम्रो शब्द नि बोलिएको थिएन ।’ श्रीमति सम्पर्कबिहीन भएपछि घरमा बालबच्चाको समेत बिचल्ली भएको खीलबहादुरले बताए ।

रोजगारका लागि मलेसिया पुगेको ६ महिनामै श्रीमति बेपत्ता साना छोराछोरी मात्र रहेको घर लथालिंग बनेको भन्दै खीलबहादुरले धनकुमारीको खोजीकार्यमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । सञ्चारमाध्यमलाई तस्वीर सार्वजनिक गर्दै उनले व्यक्ति फेला परे नजिकैको प्रहरी चौकी वा मोवाईल नम्बर ९८५२८४५९०२, ९८१८७०७२१०, ९८१८४८०३७७ र ९८६४००२२४८ मा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार