Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

किराप संघ स्थापना दिवसमा उदयपुरका पत्रकारले फूल रोप्दै गरे सरसफाई

  • उपहार न्यूज
  • आइतबार, असोज १४ २०८०
किराप संघ स्थापना दिवसमा उदयपुरका पत्रकारले फूल रोप्दै गरे सरसफाई

उदयपुर, असोज १४ ।
किरात राई समुदायका पत्रकारहैको सामूहिक संगठन किरात राई पत्रकार संघ (किराप संघ) शाखा उदयपुरले फूल रोप्नुका साथै सरसफाई गरेको छ । संघको १६ औँ स्थापना दिवसको अवसरमा शाखाले नेपाल पत्रकार महासंघ उदयपुरको परिसरमा बिभिन्न जातका फूल रोप्नुका साथै सरसफाई गरेको हो ।

पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै स्थापना दिवसकै अवसर पारेर महासंघक कार्यालय वरीपरी सरफाई गरिएको किराप संघ उदयपुरका अध्यक्ष विक्रम राईले बताए । अध्यक्ष राईका अनुसार सरसफाईसँगै बिभिन्न दर्जन जातका आकर्षक फूलका बिरुवा समेत रोपिएको छ ।

कार्यक्रममा पत्रकार महासंघ उदयपुरका पूर्वाध्यक्ष तथा अग्रज पत्रकार महेश्वर चामलिङले पत्रकारबीच एकता भए पेशागत हक हितका लागि सहज हुने बताए । सो कार्यक्रममा किराप संघका पूर्व केन्द्रीय उपाध्यक्ष भोटराज राई, फोनिज उदयपुरका अध्यष इश्वर वलम्पाकी र नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देवराज राईलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार