Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आन्दोलनमा हिडेका शिक्षक मोटरसाईकल दुर्घटना घाईते

  • उपहार न्यूज
  • मंगलबार, असोज २ २०८०
आन्दोलनमा हिडेका शिक्षक मोटरसाईकल दुर्घटना घाईते

उपहार न्यूज
उदयपुर असोज २
नेपाल शिक्षक महासंघले शिक्षा विद्येक विरुद्ध आव्हान गरेको आन्दोलनमा सहभागी हुनको लागि राजधानी काठमाण्डौ जादै गरेका उदयपुरका एक शिक्षक सवारी दुर्घटनामा परी घाईते भएका छन् ।
उदयपुरको ताप्ली गाउपालिका वडा नम्बर ४ स्थित महेन्द्र आधारभुत विद्यालय सोरुङपादेखरीका शिक्षक मिलन लाल बहादुर तामाङ मिलन त्रियुगा नगरपालिका ९ गैरुनमा आफैले चलाएको मोटरसाईकल दुर्घटना भई घाईते भएका हुन् । गैरुन स्थित कोठामा मोटरसाईकल थन्काएर काठमाण्डौ जान हिडेका शिक्षक तामाङ दुर्घटनामा परे लगत्तै गाईघाट स्थित त्रियुगा हस्पिटलमा पु¥याईएको थियो । दुर्घटनामा परेका शिक्षक तामाङ हात, पाखुरा र चिउडोमा चोट लागेको छ भने मोटरसाईकलमा समेत क्षती पुगेको छ ।

Last updated:2023 Sep 19 Tuesday 10:48:08

प्रतिक्रिया
सम्बन्धित समाचार