Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साह दाजुभाईले संचालनमा ल्याए पाँच करोडमा चामल उद्योग

  • उपहार न्यूज
  • सोमबार, असोज १ २०८०
साह दाजुभाईले संचालनमा ल्याए पाँच करोडमा चामल उद्योग

उपहार न्यूज
गाईघाट असोज १
गाईघाटमा पाँच करोडको लागतमा भगवती राईस सेलर मिल संचालनमा आएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १२ सोनापुरमा व्यवसायीहरु ध्रुब साह, दिलिप साह र सन्तोष साहले संयुक्त रुपमा राईस मिल संचालनमा ल्याएका हुन् ।
दैनिक १० टन चामल उत्पादन गर्न सक्ने क्षमता रहेको मिलबाट बार्षिक १८ सय टन चाम उत्पादन गरी उदयपुर लगायत छिमेकी जिल्लाका बजारहरु सम्म पु¥याउने उद्देश्यले मिल संचालनमा ल्याइएको संचालक मध्यका ध्रुब साहले बताए ।
राईस मिलबाट चामल, चिउरा, भुजा, मकै ब्राण्ड, भुस लगायतको उत्पादन गरी ग्राहक सम्म सुपथ र सरल मुल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको दिलिप साहले बताए । सोमबार एक कार्यक्रमका विच ७९ बर्षिया विन्देश्वर साहले मिलको रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
विगत देखिनै संचालनमा आएमे मिल यहि असोजबाट आफुहरुले नयाँ व्यवस्थापन सहित संचालनमा ल्याएको संचालक सन्तोष साहले बताए । गाईघाटमा ध्रुब एण्ड दिलिप सुनचादी पसल, महालक्ष्मी सुनचादी पसल संगै महादेव सप्लायर्स समेत संचालनमा गर्दै आएका व्यवसायी साह दाजुभाईले स्थानिय बजारलाई खाद्यन्नमा आत्मनिर्भर बनाउनको लागि उद्योग संचालनमा ल्याएको बताए ।

Last updated:2023 Sep 18 Monday 11:42:47

प्रतिक्रिया
सम्बन्धित समाचार