उपहार न्यूज
उदयपुर भाद्र १७
उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहमा शिक्षक नियुक्तिको क्रममा अनियमितता भएको आरोप लागेको छ । विद्यालयको माशि राहत अंग्रेजी बिषयको लागि असार २६ गते जारी भएको विज्ञापन अनुसार आवेदन दिएका मध्य कुल कुल बहादुर तामाङले विद्यालयले शिक्षक नियुक्तिको क्रममा घम्भीर त्रुटि सहित अनियमितता गरेको आरोप लगाएका छन् ।
शिक्षक नियुक्तिको लागि भाद्र १५ गते शिक्षा समन्वय इकाई उदयपुरमा परिक्षा लिईएको थियो, परिक्षामा पहिलो पत्रमा ४ जनाले सहभागीता जनाएर उत्तिर्ण भएका थिए । दोस्रो पत्रको ३ घण्टाको परिक्षामा तामाङ सहित अन्जु खतिवडाले परिक्षा दिएका थिए ।
शिक्षक नियुक्तिको लागि पहिलो र दोस्रो पत्रको परिक्षाफल प्रकाशित गरिए पछि अन्तरवार्ता लिएर अन्तिम परिक्षाफल प्रकाशित गर्नु पर्ने प्राबधान रहे पनि दोस्रो पत्रको परिक्षाफल प्रकाशित नगरी एकै पटक अन्तिम नजिता सार्वजनिक गरिएको थियो ।
परिक्षामा सहभागी कुल बहादुर तामाङले अन्तरवार्तानै नगरी किन अन्तिम नतिजा सार्वजनिक गरियो भनेर विरोध गरे पछि पुन अन्तरवार्ता लिएर औपचारिकता पुरा गर्नका लागि अन्तरवार्ता अघि टास गरेको नजितालाईनै पुन टास गरिएको बताए ।
अन्तरवार्तानै नगरी अन्तिम नतिजा टास गरे पछि म जिल्ल परे पछि अन्तरवार्ता औपचारिकता पुरा गर्नका लागि लिईयो त्यस पछि फेरी पहिले टास गरेकै परिक्षाफल टासियो यसले उत्तिर्ण भएका उम्मेदवार, विद्यालय व्यवस्थापन र प्रशासन विच मिलेमतो भएको प्रष्ट हुने कुल बहादुर बताउछन् ।
परिक्षाको पहिलो पत्रमा सहभागी अन्य दुई सहभागी उत्तिर्ण भए पनि दोस्रो पत्रमा भने सहभागी भएनन उनीहरुले अनौपचारिक रुपमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापनले पहिलनै कस्लाई उत्तिर्ण गराउने भन्ने सेटिङ भैसकेको खुलसा गरेका थिए ।
तर आफु भने परिक्षा निश्पक्ष हुने विश्वास गरेर बसेको थिए तर परिक्षाफल सार्वजनिक गर्ने क्रममा अन्तरवार्तानै नगरी परिक्षाफल प्रकाशित गरेको घटनाक्रमले त्यसलाई पुष्टि गरेको कुल बहादुर बताउछन् । उनले यो अनियमतिता र सेटिङको बिरुद्धमा आफु अदालत, अख्तियार, नगरपालिका, शिक्षा लगायतका संबन्धित निकायमा उजुरी गर्ने समेत बताए ।
सामुदायीक विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियामा अनियमिता हुने गरेको सुनेको थिए अहिले आफैले प्रत्यक्ष भागे तामाङले उपहार संग बताए । यता राष्ट्रिय मावि वगाहका प्रधानध्यापक यादब बहादुर बस्नेतले भने परिक्षा प्रक्रियगतरुपमानै संचालन भएको र नजिता प्रकाशनमा सामान्य त्रुटि भएको हुन सक्ने बताए । बस्नेतले परिक्षा मर्यादित र निश्पक्षनै भएको उपहार न्यूज संगको टेलिफोन संवादमा बताए ।